वीरगंज १ जेष्ठ/ हिन्दु राष्ट्र कायम गराउनका लागि विभिन्न हिन्दुवादी संगठन गोलबद्ध भई हिन्दु रक्षा मोर्चा गठन गरेको छ ।
वीरगंजमा सम्पन्न हिन्दुवादी संगसगठनहरुको भेलाले राजेश सिंह राठौरको संयोजगत्वमा हिन्दु रक्षा मोर्चा गठन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा मोर्चाले नेपाललाई सर्व धर्म समभाव सहितको हिन्दु राज्य कायम गराउन, बहुसंख्यक हिन्दुहरुको आस्थाको प्रतिक गाईलाई राष्ट्रिय जनावर घोषित गराउन, पारम्पारिक धार्मिक आस्थामा खलल पर्ने गरी धर्म परिर्वतन गराउने कार्यमाथि प्रभावकारी प्रतिबन्ध लगाईयोस, जातिय र क्षेत्रिय घोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने र स्वर्गिय काशीनाथ तिवारीलाई राष्ट्रिय धार्मिक शहिद घोषणा गर्नुपर्ने र वेपत्ता पारिएका धर्म जागरण मञ्चका संयोजक उमेश पटेललेको स्थिती सार्वजनिक गर्नका गराउनका लागि विभिन्न संघको कार्यक्रम सार्वजनिक गरेको हो । नवगठित मोर्चाले जेष्ठ ६ गते वीरगंजमा बृहत शान्तिपूर्ण जन प्रर्दशन तथा आमसभा गर्ने निर्णय समेत गरेको छ । सत्ता लोलुपता, राजनितिकबाट स्वार्थ पूर्ति गर्ने र विभाजित गरौ र शासन गरौको हतियार प्रयोग गर्ने कामनै राजनितिक पर्याय बन्न पुगेको कुरा मुलुकका समस्त हिन्दु समाजको लागि चिन्ताको विषय बनेको वक्ताहरुले जिकिर गरिएको थियो । पत्रकार सम्मेलनमा वक्ताहरुले मुलुकमा अखण्ड, जातिय, पहिचानको भईरहेको अराजगतालाई हिन्दु राष्ट्रले नै समाप्त गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरुले ८० प्रतिशत बसोबास गर्ने हिन्दुहरुको मर्म र भावनालाई कुण्ठित गरी राजनितिक दलहरुले जरजस्ती लादेको धर्म निरपेक्षता आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका थिए ।

No comments:
Post a Comment