Pages

कांग्रेस एमाले मधेश विरोधी हुन

बीरगज ३० बैशाख/ नेपाली कांग्रेस र नेकपा एमालेले समग्र मधेस एक प्रदेशको मुद्धालाई समाप्त पार्न भाषा र राजधानीको नाममा षडयन्त्र गरिरहेको मधेसबादी दलका स्थानीय नेताहरुले आरोप लगाएका छन् ।
मधेस पत्रकार समाज नेपाल पर्साले बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएको हो । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष शशिकपुर मियाँले कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली कांग्रेस र एमालेले मधेसको मुद्धामा षडयन्त्र गरेर मधेसी जनतामाथि मानसिक प्रहार गरिरहेको आरोप लगाउनु भयो । अहिले मुलुकमा भेषभाषा, जातजाति, राजधानी र प्रदेशको नाममा एकआपसमा भिडन्त गराएर जसरी हुन्छ संकटकाल लगाएर संघीयतालाई तह लगाउने षडयन्त्रमा लागेको सहभागि वक्ताहरुको आरोप थियो । जबसम्म आत्म निर्णयको अधिकार सहित स्वायत्त मधेस प्रदेशको स्थापना हुदैन तबसम्म राजधानीको मुद्धा उठाउनु मुर्खता हुने बताउदै स्वायत मधेस प्रदेश हुने वितिकै राजधानी बीरगंज नै हुने नेताहरुले ठोकुवा गरे । बीरगंजलाई प्रादेशिक राजधानी बनाउनु पर्ने मुद्धामा एकमत रहेका मधेसबादी दलहरु दिउसो ११ प्रदेशमा सहमतिको नजिक दलहरु पुगिसकेको समाचार वाहिर आएपछि, समग्र मधेस एक प्रदेशको मुद्धा बोकेर र्सवदलिय सर्वपक्षिय संघर्ष समितिबाट अलगिएका थिए । मधेसबादी र्सवदलिय सर्वपक्षिय आन्दोलन परिचालन समितिले आज साझ बीरगंजको घण्टाघर चौकमा आम सभा गर्ने कार्यक्रम रहेको घोषणा समेत गरेका छन् । समाजका अध्यक्ष सन्तोष पटेलले संचालन गरेको पत्रकार सम्मेलनमा फोरम गणतान्त्रिकका अध्यक्ष शशिकपुर मियाँ, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हरेन्द्र सिंह, संघीय सदभावनाका जिल्ला अध्यक्ष पप्पु पटेल, सदभावना पार्टीका जिल्ला अध्यक्ष बिपिन यादब, तमलोपाका जिल्ला अध्यक्ष जोगेन्द्र पटेल र तमलोपाका सचिव श्रीराम गिरीको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment