Pages

बन्दले जनजीवन प्रभावित

वीरगंज २९ बैशाख/ ब्राम्हण, क्षेत्री, राजपुत, ब्रम्ऋषी, चित्रगुप्त, दशनामी समाज लगायतकाको संयुक्त संघर्ष समितिले आह््वान गरेको बन्दले आज दोश्रो दिनपनि जनजीवन प्रभावित भएको छ ।
बिहानैदेखि बन्दकर्ताले बन्द सफल बनाउन वीरगंजमा मोटरसाईकल र्‍याली निकालेका थिए । ब्राम्हण क्षेत्रीको समितिले विहीबार र शुक्रबार गरी दुई दिन नेपाल बन्द आह्वान गरेका थिए । बन्दका कारण बिहानैदेखि वीरगंज बजार खुलेको छैन । शिक्षणसंस्था, कलकारखाना, यातायातका साधन बन्द रहेका छन् । राज्यपुर्नसंरचनामा जाति, भाषा, धर्मको आधारमा नगरी भौगोलिक निकटता, प्रशासनिक अनुकुलता, स्रोत र साधनको आधारमा गर्नु पर्ने लगायतको माग राखी ब्राम्हण, क्षेत्री, राजपुत, ब्रम्ऋषी, चित्रगुप्त, दशनामी समाज लगायतकाको संयुक्त संघर्ष समितिसमाजले बन्द आह्वान गरेको हो ।

No comments:

Post a Comment