Pages

टैगोर स्मरोणत्सवमो वीरगंज

वीरगंज ३० बैशाख/ बंगाली गित संगित साहित्य अनि विश्वविख्यात साहित्यकार रविन्द्रनाथ टैगोरको
जीवनी ।
आज वीरगंजको स्थानिय होटल मकालुको व्यांकेट हलको माहोल पूर्ण रुपले बंगाली बन्यो । वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासको आयोजनामा यहा उक्त कार्यक्रम आयोजन गरीएको थियो । प्रमुख अतिथि पूर्व मन्त्री सुरेन्द्र चौधरीले टैगोरलाई भारतको नक्षत्रहरु मध्ये धु्रव ताराको संज्ञा दिए । उहाँले दोश्रो विश्वयुद्धअघि सम्म युरोपेलीहरुले आफूलाई मात्र सभ्य भन्ठान्ने गरेकोमा टैगोरले त्यो भ्रम तोडि दिएको बताउनु भयो । टैगोर कुनैपनि विधामा नोबेल पुरस्कार पाउने पहिलो एशियाई भएकाले पनि उनको विद्वता प्रमाणित भएको उहाँको तर्क थियो । बंगाली भाषीहरु उत्साहित देखिन्थे । तीनै मध्येका एक बंगाली भाषी युवक सुविर घोषले यो कार्यक्रमले यहाका गैर बंगाली भाषीले बंगाली भाषा,साहित्य,कला,गित संगितको बारेमा धेरै जानकारी पाएकाले आफूलाई अत्यन्त खुशी लागेको घोषले बताउनु भयो । उहाँले वीरगंजमा हाल ४० बंगाली भाषी बसोबास गरी रहेको बताउनु भयो ।

No comments:

Post a Comment