Pages

कन्सुलर मेहत्ताको समाचार भ्रामक

वीरगंज ६ जेष्ठ/ वीरगंजको होटल भिस्वामा बुधबार राती आयोजित भोजमा सहभागी कााग्रेस, फोरम लोकतान्त्रिक, जनता दलका स्थानीय यूवा कार्यकर्ताले भारतीय महावाणिज्यदूतावासका राजनीतिक मामिलाका कन्सुलर एसडी मेहत्ताको नाम जोडिएर प्रकाशित समाचार भ्रामक र कपोलकल्पित भएको बताएका छन् ।
वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा  जनता दल नेपालका महासचिव विनय यादवले हालै दर्ता भएको दलको आफु महासचिव नियुक्त भएको अवसरमा रात्री भोज आयोजना गरेको बताउनु भयो । रात्री भोजलाई भारतीय महावाणिज्यदूतावासले आयोजना गरेको भोजको रुपमा चित्रण गर्दै कन्सुलर मेहत्ताले मधेशमा आन्दोलन चर्काउन उक्साएको अभिव्यक्ति दिएको भन्ने समाचार भ्रामक भएको उहाले बताउनु भयो । प्रमुख राजनीतिक दलहरुले वीरगंजमा रहेका आफ्नो दलका नेता तथा कार्यकर्तासाग घटनाबारे वास्तविकता नै नबुझी विज्ञप्ती जारी गर्दै अखबारमा छापिएको भ्रामक समाचारकै भरमा दुई देशको सम्बन्ध बिग्रिने गरी तिललाई पहाड बनाएको आरोप महासचिव यादवले लगाएका छन् । भोजमा सहभागी आठजना मध्ये पत्रकार सम्मेलनमा उपस्थित नेपाली कााग्रेसका जिल्ला सदस्य शैलेन्द्र यादव र फोरम लोकतान्त्रिक निकट मानिने सह प्राध्यापक विपी यादवले समेत रात्री भोजमा सहभागीहरुबीच कन्सुलर मेहताले नेपाल विरोधी र आन्दोलन भड्काउने कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् । कााग्रेसका जिल्ला सदस्य शैलेन्द्र यादवले राजनीतिक दलका कार्यकर्ताबीच मधेशमा नयाा नेतृत्वको आवश्यक्ता रहेको कुरा उठेपनि यो विषयमा मेहत्ताले कुनै टिप्पणी नगरेको पत्रकार सम्मेलनमा दावी गर्नुभएको थियो । आ आफ्नो अधिकारको सुनिश्चितताका लागी विभिन्न पक्षद्वारा जारी बन्द हड्तालका कारण आम सर्वसाधारणले दु:ख पाएकोमा चिन्ता व्यक्त गर्दै मेहत्ताले नेपालमा केही दिनमै नयाा संविधान जारी हुन लागेकोमा शुभकामना मात्र दिएको शैलेन्द्र यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । सााझ साढे सात बजेदेखि भोज शुरु भएपनि आफू साढे आठ बजे मात्र त्यहाा पुगेको र चााडै बाहिरिएको शैलेन्द्रको भनाई थियो । रात्री भोजमा पुरा समय आफू उपस्थित रहेको बताएका सह प्राध्यापक विपी यादवले नेपाल भारतको मैत्री सम्बन्ध बिगार्ने षड्यन्त्र अनुरुप अखबारमा भ्रामक समाचार छापिएको दाबी गर्दै मेहत्तालाई गलत किसिमले षड्यन्त्रको मोहरा बनाइएको बताउनुभयो ।  विनय यादवले आयोजना गरेको रात्रीभोजमा नेपाली काग्रेस पर्साका नेता राजेश्वर साह तेली, नेकपा एमाले जिल्ला नेता विचारी यादव, अनेरास्ववीयुका केन्द्रिय सदस्य उमेश गुप्ता, फोरम नेपाल बारा कार्यकर्ता रामबाबु यादव, आदित्य पाण्डे पनि सहभागी रहेका थिए । यसैविच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले पत्रिकामा दावी गरिए जस्तो कुनैपनि मोर्चाका नेता कार्यकताहरुको सहभागिता नरहेको दावी गर्नुभएको छ । उहाले शासक वर्गहरुले मधेशमा भईरहेको आन्दोलन भारतको ईसारामा भईरहेको देखाउनका लागि मात्र यस्तो चर्चा गरेको र यसलाई बढी चर्चामा ल्याउने काम भईरहेको समेत बताउनु भयो । उहाले यस प्रकारको भ्रामक समाचार सम्प्रेषण गरी मधेशलाई बदनाम र मधेशको आन्दोलन दबाउनका लागि षडयन्त्र भइरहेको आरोप समेत लगाउनु भयो ।

No comments:

Post a Comment