Pages

मोर्चाको विशाल आम सभा सम्पन्न















वीरगंज ६ जेष्ठ/ नेपाललाई सर्व धर्म समभाव सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने लगायतको माग राख्दै हिन्दु रक्षा मोर्चाले आज वीरगंजमा विशाल आम सभाको आयोजना गरेको छ ।
वीरगंजनको घण्टाघर चौकका आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्दै बक्ताहरुले प्रमुख दलहरुले नेपाली जनताको चाहना विना जबरजस्ती लादेका धर्म निरपेक्षता खारजीको माग गरको हुन । पृथक पहिचान बोकेको नेपालको विशेषतामाथि नै दलहरुले आघात पुर्‍याएको भन्दै बक्ताहरुले नेपाललाई पुन हिन्दु राष्ट्र घोषित गरी पहिचानलाई जोगाउन माग गरेका छन । जनआन्दोलनमा नेपाली जनताले सविधान बनाउन म्याडेड दिएको थियो र दलहरुले आफनो स्वार्थ र विदेशी डलरको चलखेलमा नेपाललाई गरेको धर्म निरपेक्षता कुनैपनि हालतमा मान्य नहुने जिकिर समेत गरेका थिए । बक्ताहरुले सत्ता लोलुपता, राजनितिकबाट स्वार्थ पूर्ति गर्ने र विभाजित गरौ र शासन गरौको हतियार प्रयोग गर्ने कामनै राजनितिक पर्याय बन्न पुगेको कुरा मुलुकका समस्त हिन्दु समाजको लागि चिन्ताको विषय बनेकोमा जोड दिएका थिए । मुलुकमा अखण्ड, जातिय, पहिचानको भईरहेको अराजगतालाई हिन्दु राष्ट्रले नै समाप्त गर्ने विश्वास व्यक्त बक्ताहरुलाई हिन्दु राष्ट्र कायम गराउन जस्तो सुकै कुरबार्नी दिन तैयार बताएका हुन । उनीहरुले ८० प्रतिशत बसोबास गर्ने हिन्दुहरुको मर्म र भावनालाई कुण्ठित गरी राजनितिक दलहरुले जरजस्ती लादेको धर्म निरपेक्षता आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउदै नया बन्ने सविधानमा हिन्दु राष्ट्र कायम नगरे कडाभन्दा कडा संघर्षको उत्रिने चेतावनी समेत दिएका हुन । मोर्चाले नेपाललाई सर्व धर्म समभाव सहितको हिन्दु राज्य कायम गराउन, बहुसंख्यक हिन्दुहरुको आस्थाको प्रतिक गाईलाई राष्ट्रिय जनावर घोषित गराउन, पारम्पारिक धार्मिक आस्थामा खलल पर्ने गरी धर्म परिर्वतन गराउने कार्यमाथि प्रभावकारी प्रतिबन्ध लगाईयोस, जातिय र क्षेत्रिय घोषणबाट मुक्त समाजको स्थापना गर्नुपर्ने र स्वर्गिय काशीनाथ तिवारीलाई राष्ट्रिय धार्मिक शहिद घोषणा गर्नुपर्ने र वेपत्ता पारिएका धर्म जागरण मञ्चका संयोजक उमेश पटेलको स्थिती सार्वजनिक गर्नका लागि मोर्चा विभिन्न संघर्षको कार्यक्रम गर्दै आईरहेको छ । यस अघि आज वीरगंजमा हजारौको संख्यामा रहेको मोर्चाका कार्यकताहरुले मोटरसाईकल प्रर्दशन गरेका थिए । वीरगंजको घण्टाघर चौकबाट निकालिएको मोटरसाईकल र्‍याली र पदयात्रा वीरगंज नगरको परिक्रमा पश्चात पुन घण्टाघर चौकमा आएर विशाल आम सभामा परिणत भएको हो ।

No comments:

Post a Comment