Pages

राष्ट्रवादी द्वारा मोटरसाईकल र्‍याली

वीरगंज ७ जेष्ठ/  धर्म निरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै नेपाल राष्ट्रवाद संघ पर्साले आज वीरगंजमा प्रर्दशन गरेको छ ।
पर्साको श्रीसियाबाट निकालिएको मोटरसाईकल र्‍याली वीरगंजको विभिन्न भाग परिक्रममा तथा पर्साको विभिन्न गाविसहरुमा सो मोटरसाईकल प्रर्दशन गरिएको छ । मोटरसाईकल प्रर्दशन संघका जिल्ला अध्यक्ष जनकलाल साहको नेतृत्वमा गरिएको हो । नया सविधानमा पूर्ववत राजा र राजसस्थालाई राष्ट्र प्रमुख र धर्म निपेक्षता खारेजी गरी नेपालमा पुन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राखी सो मोटरसाईलक प्रर्दशन गरिएको हो । विभिन्न जातजाती, भाषाभाषीको साझा फुलवारी भएको विशेषता बोकेको नेपाल मुलुकमा आयातित धर्मले राष्ट्रिय अखण्डता र अस्तित्व नै समाप्त गर्न लागि रहेको भन्दै सोको विरोधमा र आफनो मागहरुलाई नया बन्ने सविधानमा उल्लेख गराउनका लागि विरोधको कार्यक्रम सार्वजनिक गरिएको संघका अध्यक्ष साहले बताउनु भयो । आन्दोलनरत राष्ट्रवाद संघले ९ गते जिल्ला प्रशासन घेराउ, ११ गते वीरगंजको घण्टाघर चौकमा सरकार विरुद्ध जुलुश प्रर्दशन र १३ गते वीरगंज सडक अवरोध गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष साहले बताउनु भयो ।

No comments:

Post a Comment