Pages

सुचनाको हक सम्बन्धी अन्तरक्रिया

वीरगंज, २६ बैशाख/ भावी संविधानमा सुचनाको हक सम्बन्धी एक दिने अन्र्तक्रिया आज बीरगंजमा सम्पन्न भएको छ ।
सदाचार अभियान पर्साको आयोजनामा स्थानीय होटल मकालुमा अन्र्तक्रिया सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वक्ताहरुले एसियामा नेपालमा नै सबभन्दा धेरै भ्रष्टाचार बढ्दै गएको बताएका छन् । संक्रमणकालीन अवस्थाले गर्दा पनि देशमा भ्रष्टाचार बढेको वक्ताहरुले बताएका छन् । भ्रष्टाचार निर्मुल पार्नबारे छलफल गर्न आयोजित कार्यक्रंममा भ्रष्टाचार उन्मुलनका लागि अध्ययन अनुसन्धान भन्दा पनि जनचासो र जनदबाब आवश्यक रहेकोमा जोड दिएका छन् । त्यस्तै वक्ताहरुले सुचनाको हक सम्बन्धी कानुन फितलो भएकाले सुचनाको हक सम्बन्धी प्रभावकारी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै जनचासोका सुचनाको दिनका लागि सरकारी कार्यालयहरुले सुचना अधिकृत नराखेर सुचना लुकाइरहेकाले त्यस्ता कार्यालयलाई दण्डित गरिनुपर्नेमा आवश्यकता वक्ताहरुले औल्याएका छन् । लक्ष्मीनाथ नेपालको अध्यक्षतामा सम्पन्न भएको सो अन्र्तक्रियामा अभियानका पुर्व अध्यक्ष कुलानन्दलाल दास प्रमुख अतिथि रहनुभएको थियो । सुरेश अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा अभियानका सचिव दीपकराज भण्डारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

No comments:

Post a Comment