Pages

लोकदर्शन तथा जनचेतना अभियान

वीरगंज, २६ बैशाख/  मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताले मधेशवादी दलहरुले नै मधेशवादी गद्धार भएको आरोप लगाउनु भएको छ ।
फोरम मधेशले आयोजना गरेको लोकदर्शन तथा जनचेतना अभियानको अपिल गर्दै गाउको जगाऔ मधेशको बनाऔ अभियान अन्तरगत आज वीरगंजमा आयोजित आम सभालाई सम्बोधन गर्दै सो आरोप लगाउनु भएको हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका विजय गच्छेदार, गणतान्त्रिकका जयप्रकाश गुप्ता लगायतका मधेशवादी नेताहरुले सरकारमा जानका लागि विभिन्न सम्झौताको नाममा मधेशको मुद्धा बेच्ने काम मात्र गरेको अध्यक्ष गुप्ताको आरोप छ । उहाले सविधान सभा औचित्यहिन र धोका भएको संज्ञा दिदै भ्रष्टचारी, अपराधीगतिवि, हत्या हिंसा लगायतको कार्यमा सलग्न प्रमाणीत भईसकेका सांसदहरुले कुनैपनि हालतमा सविधान निर्माण गर्न नसक्ने दावी समेत गर्नुभयो । उहाले ४ वर्षभित्र २ सय अवै खर्च गरि सक्दा पनि समयमा सविधान निर्माण गर्न नसकेका दलहरुले बाकी रहेको १९ दिनमा सविधान बनाउछ भन्ने नेपाली जनताले विश्वास गर्न नसक्ने जिकिर समेत गर्नुभयो । अध्यक्ष गुप्ताले एक अर्कामाथि दोष लगाउदै प्रचण्ड, कोईराला र झलनाथ खनालले सविधान बनाउन नचाहेको आरोप लगाउदै मात्र सरकार बनाउने र गिराउनेमा व्यक्त भएको बताउनु भयो । सम्रग मधेश एक प्रदेश विना सविधान ल्याए आफनो पार्टीलाई मान्य नहुने बताउदै अध्यक्ष गुप्ताले शान्ति पूर्ण आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो । वीरगंजलाई राजधानी बनाउने संर्दभमा अध्यक्ष गुप्ताले मधेश र संघियतालाई टुक्रा टुक्रा पर्न नेपाली काग्रेस र एमाले वीरगंजमा षडयन्त्र गरीरहेको आरोप समेत लगाउनु भयो । फोरम मधेश पर्साका जिल्ला अध्यक्ष केदार साह कानुको सभापतीत्वमा सम्पन्न भएको आम सभामा फोरम मधेशका महासचिव सुन्दर कुमार साह, सहसचिव देवेन्द्र किरण श्रीवास्तव, विद्यार्थी नेता जयराम यादव, युवा नेता कैलाश चौधरी, रामविलास यादव लगायतले सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment