Pages

हिन्दु युवा संघद्वारा वीरगंज बन्द

वीरगंज, २६ बैशाख/ हिन्दु युवा संघ नेपाल पर्साले आज वीरगंज बन्द गराएको छ ।
हिन्दु राष्ट्र कायम गर, धार्मिक स्वतन्त्रता घोषणा सहित सनातन हिन्दु धर्म विरुद्ध हुने चलखेल बन्द गर लगायतको माग गर्दै आज वीरगंज बन्द गराएका हुन । युवा संघका कार्यकताहरुले आज विहानै देखि मोटरसाईकल प्रर्दशन गरी वीरगंज बजार बन्द गराउदै हिडेका छन । बन्दका कारण वीरगंजबाट बाहिरिने तथा भित्रिने सम्पूर्ण लामो तथा छोटो सवारी साधन ठप्प भएको छ भने वीरगज बजार तथा शिक्षण सस्था समेत ठप्प भएको छ । युवा संघ नेपालले धर्म निरपेक्षता खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका संघका सस्थापक अध्यक्ष स्वर्गिय काशि तिवारी माथि ०६७ असार १२ गते गोली हानी हत्या गरिएको थियो । तर हाल सम्म स्वर्गिय तिवारीलाई सरकारले शहिद घोषणा नगरको भन्दै युवा संघले स्वर्गिय तिवारीलाई हिन्दु शहिद घोषणा गर्नुपर्ने माग समेत अगाडी सारेका छन । हिन्दु राष्ट्र खारेज गरी राजनितिक दलहरुले आफनो स्वार्थ पुरा गर्न नेपालको कुल जनसंख्याको ८० प्रतिसत जनताको भावनालाई वेवास्ता गरेको भन्दै आफनो माग पुरा नहुन्जेल सम्म आन्दोलनको कार्यक्रम जारी रहने संघका अध्यक्ष राजेश सिंह राठौरले बताउनु भयो ।

No comments:

Post a Comment