बीरगंज २५ बैशाख/ वृहत मधेसी मोर्चाले आज बीरगंजमा पत्रकार सम्मेलन मार्फत भोली बीरगंजमा वृहत जागरण अभियानको आयोजना गर्न लागिएको जानकारी गराइएको छ ।
वृहत मधेसी मोर्चाले आज बीरगंजमा मधेस जागरण अभियान पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । नेपाल सदभावना पार्टीका अध्यक्ष सरिता गिरीको संयोजकत्वमा सम्पन्न पत्रकार सम्मेलनमा मोर्चाको जागरण अभियान मधेसको साथै समग्र देशकै रुपान्तरको लागि कोसेढुङगा सावित हुने बताईन । वर्तमान सरकारले संघीयतालाई पछाडी राखेर प्रान्तियतालाई मात्र अघि बढाउन खोजेको आरोप लगाउदै, सरकारको यो षडयन्त्रलाई खसबादीहरुको एकात्मक सोचको संज्ञा दिईन । संघीयता सहितको समग्र मधेस एक प्रदेश नै मोर्चाको मुख्य एजेण्डा रहेको संयोजक गिरीले प्रष्ट पारेकी थिईन । कार्यक्रममा सहभागि एमालेका सभासद गोपाल ठाकुरले अहिले मधेसमा राष्ट्रियरुपमा खस गोर्खालीबाद लादन खोजिदैछ भने अन्राष्ट्रिस्तरमा अमेरिकाको समाजबाद लादने प्रयास गरिरहेकोले मोर्चा आन्दोलन मार्फत त्यसको विरोधमा उत्रिन खोजेको बताए । मोर्चाको आन्दोलन कुनै पार्टी विशेष र नेताहरुको विरुद्ध नभई बरु मधेसमा पार्टी र नेताहरु स्थापित होस भन्ने भावनाले ल्याएको सभासद ठाकुरले प्रष्ट पारे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद प्रमोद गुप्ताले यतिवेला संघीयता विरोधी दलहरुले यतिवेला मधेसलाई मिथिला र भोजपुरिया क्षेत्र र राजधानीको नाममा विभाजन गर्न खोजिरहेको आरोप लगाउदै, त्यसको पछि नपर्न सम्पूर्ण मधेसबासी संग आग्रह गरे । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक गिरीले भोली अर्थात बैशाख २६ गतेका दिन बीरगंजमा जागरण अभियान हुने भएकोले सो बारेमा जानकारी गराउदै, मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादबको नेतृत्वमा १४ सदस्यीय आन्दोलन तयारी समितिको गठन गरिसकेको जानकारी गराउदै मोर्चाले मधेस र मधेसी हक अधिकारको सुनिश्चितताको लागि यही जेष्ठ १ गतेबाट पहिलो चरणको आन्दोलन शुरु हुने जानकारी समेत गर्राईन ।
No comments:
Post a Comment