बीरगंज २५ बैशाख/ मधेशी जनअधिकार फोरम नेपाल पर्साले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । फोरम पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा प्रदर्शन गरिएको थियो ।
प्रमुख तीन दल र संघियता विरोधी दलहरुले समय अभाव देखाई पहिचान विनाको संघियता, संघियता विनाको सविधान ल्याउन षडयन्त्र गरिरहेको भन्दै फोरम पर्साले तीन घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो । घण्टाघर चोकबाट आज निकालिएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय अगाडी पुगि टेन्ड हाली दिउसो १ बजेसम्म कार्यालय घेराउ गरेको थियो ।
No comments:
Post a Comment