Pages

राजसंस्था पुर्नस्थापना जनताको माग



















वीरगंज २५ बैशाख/ पूर्व राजा ज्ञानेन्द्रलाई पूर्ववत राष्ट्र प्रमुखको दर्जा सम्मान दिनुपर्ने, राजसंस्था कायम गर्नुपर्ने र हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै जनसमाज राजसंस्था पुर्नस्थापना संघर्ष समिति पर्साले आज वीरगंजमा बृहत जुलुस प्रर्दशन गरेको छ ।
राजा आउ देश बचाउ, सवै धर्मको रक्षा गर, राज संस्था अमर रहोस, महंगी नियन्त्रण गर, राजा कसको जनताको, विदेशी दलाल चाहिदैन भन्ने नारा सहित वीरगंजको घण्टाघर चौकबाट बाजागाजा सहित निकालिएको विरोध जुलुस पुन घण्टाघर चौकमा पुगि कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले राजनितिक दलहरुले जबरजस्ती खारेज गरेको धर्मनिरपेक्षता मान्य नहुने बताएका छन । उनीहरुले सत्ता र भत्तामा लिप्त रहेका राजनितिक दलहरुले मुलुकमा सविधान दिन नसक्ने भएकोले मुलुकमा पुन राजसंस्था स्थापना गर्नुपर्नेमा जोड दिएका हुन । उनीहरुले बन्ने सविधानमा राजसस्था, राजाको स्थान र हिन्दु राष्ट्र कायम नभए सडकबाट संघर्ष गर्ने चेतावनी समेत दिएका हुन । नया संविधान नलेखे सम्म २०४७ कै सविधान जारी रहेको वक्ताहरुले दावी समेत गरेका छन । राजसस्था र हिन्दु राष्ट्रको विरोधमा नेपाली जनताले आन्दोलन नगरेको भन्दै यी दलहरुले विदेशीको ईसारामा राजसस्था र धर्म निरपेक्षता कायम गरेको आरोप समेत लगाएका हुन । आफनो मागलाई नया बन्ने सविधानमा नसमेटिए जेठ १४ गते नै सविधान जलाउने चेतावनी दिएका हुन । राजसंस्था पुर्नस्थापना संघर्ष समिति पर्साका अध्यक्ष राजकिशोर चौबेको सभापतीत्वमा सम्पन्न भएको कोणसभामा बुद्धि प्रसाद पाण्डे, अनु राणा, शत्रुधन गिरी, नन्दकिशोर गोयल, रघुनाथ लामिछाने लगायतले सम्बोधन गर्नुभएको थियो ।  जुलुसमा संघर्ष समितिका सैयौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment