Pages

बीरगंजलाई राजधानी बनाउनु पर्ने

बीरगंज २७ बैशाख/ बीरगंजलाई प्राद्रेशिक राजधानी बनाउन माग गर्दै सर्वसदिय सर्वपक्षिय संघर्ष समितिले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोइराला मार्फत संविधान सभा अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएको छ ।
बीरगंजको घण्टाघर चौकबाट विभिन्न राजनीतिक दलको सहभागितामा निस्केको शान्ति र्‍यालीले बीरगंज नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी कोइराला समक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र संघर्ष समितिका संयोजक सुरेन्द्र चौधरीले बुझाएका थिए । नेपालकै आर्थिक राजधानीको रुपमा चिरपरिचित रहेको बीरगंजको राष्ट्रिय राजनीतिमा पनि उल्लेखनिय योगदान रहेको छ । २००७ सालको क्रुर जहानिया राणा शासनको विरुद्ध सशस्त्र जनक्रान्तिको पहिलो विगुल फुक्ने र २००७ सालको पहिलो शहिद थिरबम मल्ल पनि बीरगंजकै भएकोले नेपाली राजनीतिमा बीरगंजको उल्लेखनिय योगदान रहेको चर्चा गर्दै जुनसुकै हालतमा पनि बीरगंजलाई नै प्रादेशिक राजधानी बनाउनु पर्ने उल्लेख गरिएको छ । नेपालको कुल राजश्वको ४२ प्रतिशत राजश्व बीरगंज भन्सारबाटै संकलन हुने र भारतीय औधोगिक शहरसंग बीरगंज नाका नै सहज र सजिलो हुने भएकै कारण बीरगंजमा भारतीय महाबाणिज्य दुताबासको स्थापना भएको हो । बीरगंजलाई औधोगिक नगरीको रुपमा पनि चिनिने गरिन्छ । कारण बीरगंज पथलैया कोरिडोरमा करिव ६ सय साना ठुला उधोगहरु संचालनमा रहेको छ । यसको साथै यहा सुख्खा बन्दरगाह, निजगढ काठमाडौ फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल र छिटै नै रक्सौल अमलेखगंज रेलमार्गको पनि निर्माण हुन गइराखेकोले भौगोलिक हिसावले पनि बीरगंजलाई नै प्रादेशिक राजधानी बनाउनु पर्नेमा विभिन्न राजनीतिक दलहरुको जोड रहेको छ । सर्वदलिय सर्वपक्षिय संघर्ष समितिले सरकारलाई दबाब दिनको लागि आज बीरगंजमा विशाल शान्ति र्‍यालीको आयोजना गरेको हो । र्‍याली घण्टाघर चौकमा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभालाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका थिए । यस भुभागको विशिष्ट राजनीतिक, सामाजिक, सास्कृतिक भौगोलिक एवं आर्थिक परिचयको कारण बीरगंजलाई नै मधेसको राजधानी बनाउनु पर्नेमा जोड दिद, यदि नेपाल सरकार र संविधान सभाले आफुहरुको मागलाई सम्बोधन नगरे चरणबद्ध रुपमा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् । समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तमलोपा नेपाल, सदभावना पार्टी, नेकपा संयुक्त र नागरिक समाज लगायतको सहभागिता रहेको छ ।

No comments:

Post a Comment