वीरगंज ७ जेष्ठ/ बृहत मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश तराई बन्दको कारण पर्सा जिल्लाको जनजिवन दिनप्रतिदिन प्रभावित बन्दै गईरहेको छ ।
मोर्चाले बन्द सफल बनाउनका लागि आज वीरगंजको घण्टाघर चौकमा बृहत विरोध जुलुस निकालेका छन । घण्टाघर चौकबाट निकालिएको जुलुस वीरगंज नगरपरिक्रममा गरी पुन घण्टाघर चौकमा आई कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दे मोर्चाका जिल्ला स्तरिय नेताहरुले सरकारले आफनो माग प्रति कुनै सुनवाई नगरेको भन्दै बन्दलाई अझै प्रभावकारी बनाउने बताएका छन् । मोर्चाको बन्दका कारण विहानै देखि वीरगंज बजार पूर्णरुपले ठप्प भएको छ । शिक्षणसस्था, कलकारखाना, यातायातका साधनहरु पूणर््ा रुपले बन्द रहेका छन । बन्दकर्ताहरुले वीरगंजको विभिन्न ठााउमा मोटरसाईकल प्रर्दशन गरेका छन । मोर्चाको बन्दमा नेपाल आदिवासी जनजाति महासंघ र दलित जनजाती पार्टीले समेत ऐक्यबद्धता जनाई विरोधमा उत्रेको छ । पहिचान र सामथ्र्यलाई मुल आधार मानी आत्मनिर्णयको अधिकार, स्वाशासन र अग्राधिकार सहित १४ सुत्रिय माग र ११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिको खारेजीको माग गर्दै बृहत मधेशी मोर्चाले गत शुक्रबार देखि नै मधेश तराई अनिश्चित कालिन बन्दको आहवान गरेको हो । आफुहरुको माग सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी रहने मोर्चाका आन्दोलन परिचालन समितिका संयोजक प्रदिप यादबले बताएका छन् ।

No comments:
Post a Comment