Pages

राजधानी बनाउनु पर्ने भन्दै जुलुस प्रर्दशन











वीरगंज २३ बैशाख/  भोजपुरीया क्षेत्र अखण्ड राख, वीरगंजलाई राजधानी बनाउ माग राख्दै संयुक्त संघर्ष समिति वीरगंजले आज वीरगंजमा बृहत विरोधी जुलुस निकालेको छ ।
देशको प्रमुख प्रवेश द्वार तथा आर्थिक नगरका रुपमा परिचित वीरगंजलाई प्रस्तावित तराई मधेश प्रदेशको राजधानी बनाउन वीरगंजवासीले माग गरेका हुन । वीरगंजलाई राजधानी बनाउनुपर्ने नारा सहित वीरगंजको घण्टाघर चौकबाट निकालिएको जुलुस माईस्थान, आर्दशनगर, अलखियामठ, घडिअर्वा हुदै पुन घण्टाघर चौकमा पुगि कोणसभामा परिणत भएको थियो । जुलुसमा राजनीतिक दलका जिल्ला अध्यक्ष, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, निर्माण व्यवसायी संघ, प्राध्यापक संघ, पत्रकार, नागरिक समाज, बुद्धिजिवी लगायतका उपस्थिती रहेको थियो । देशको प्रमुख भन्सार नाकाका साथै ठूलो ओद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, रेलमार्ग, प्रस्तावित फास्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल समेत यसै क्षेत्रमा पर्ने भएकाले वीरगंजलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने संघर्ष समितिका अध्यक्ष पन्नालाल गुप्ताले बताउनु भयो । अधिवक्ता पन्नालाल गुप्ताको संयोजकत्वमा रहेको संघर्ष समितिले आज देखि आन्दोलन शुरु गर्दै चरणबद्ध संघर्षको कार्यक्रम अगाडी बढाउदै जाने बताएको छ । पहिले देखि नै वीरगंजलाई राजधानी बनाउनु पर्ने माग राखी बारामा शुरु भएको आन्दोलन संग सगै पर्सा र रौतहटका नागरिकको सहकार्यमा राजमार्ग अवरोध पार्ने देखि वीरगंज नाका थप्प पार्ने सम्मको योजना तै गरिएको संघर्ष समितिका संचार संयोजक राम सर्राफले बताउनु भयो । कोणसभामा सहभागि बक्ताहरुले भौगोलिक सुगमताका दृष्टीकोणले समेत मकवानपुरदेखि जनकपुरसम्मका जिल्लाहरुबाट पायक पर्ने भएकाले वीरगंजलाई राजधानी बनाउन उपयुक्त हुनेमा जोड दिएका थिए । संघर्ष समितिको आन्दोलनमा पर्सा, बारा र रौतहटका सम्पूर्ण राजनितिक दल, उद्योगी व्यवसायी, संचारकर्मी, नागरिक समाज लगायतको ऐक्यबद्धता रहेको संघर्ष समितिले जनाएको छ ।

No comments:

Post a Comment