Pages

यातायात व्यवासायी संघको साधारण सभा















वीरगंज २३ बैशाख/ नारायणी अंचल यातायात व्यवासायी संघको छैठौ साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।
वीरगंजको आर्दशनगरस्थित कलवार कल्याण समितिको सभाहलमा सम्पन्न साधारण सभाको उदघाटन सत्रलाई सम्बोधन गर्दै व्यवसायी महासंघका वरिष्ठ सल्लाहकार दिनेश भण्डारीले मुलुकमा ९९ दशमलव ९ प्रतिशत यातायात व्यवसायीहरुको लगानी भएपनि राज्यले व्यवसायी प्रति उपेक्ष गरेको आरोप लगाउनु भएको छ । उहाले सरकार, प्रशासन र नागरिकले समेत यातायात व्यवसाय प्रति विरोधात्मक दृष्टिले हेर्ने गरेको हुनाले आफनो व्यवसायमा देखिएको चुनौतीहरुको सामनाका लागि सम्पूर्ण व्यवसायहरु एकताबद्ध भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासघका उपाध्यक्ष रामप्रसाद सुवेदी, दामोदर साही, नारायणी अचल संयोजक कपिल पाण्डे, नारायणी यातायात बस व्यवसाय संघका अध्यक्ष प्रमोद पटेल, जनकपुर यातायात संघका अध्यक्ष श्यामसुन्दर चौधरी, एकिकृत नेकपा माओवादी पर्सा सेकेटरी योगेन्द्र साह लगायतले साधारण सभाको सफल्ताको कामना गरेका थिए । उदघाटन सत्र संघका अध्यक्ष प्रभु साह कलवारको सभापतीत्वमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment