Pages

कहार जातीलाई पनि अधिकार


वीरगंज ११ जेष्ठ/  नेपाल कहार उत्थान समिति पर्साले विभिन्न ५ सुत्रिय माग अघि सारेको छ ।
उत्थान समितिले नया बन्ने सविधानमा आफनो पनि हकअधिकार सुनिश्चित गर्नुपर्ने भन्दै विभिन्न ५ सुत्रिय माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत सविधान सभाका अध्यक्षलाई बुझाएका छन । उत्थान समितिका निर्वतमान अध्यक्ष चीरजीवि महतो कहारको नेतृत्वमा रहेका कार्यकर्ताहरुले आदिवासी जनजाति अतिपिछडिएको सुचिकृतमा समावेश गर्नुपर्ने, नेपाल कहार जातका संरक्षण तथा आरक्षण हुनुपर्ने, शिक्षा तथा रोजगारमा आरक्षण हुनुपर्ने, जातिय समूहको सविधानमा उल्लेख गरी पहिचान गराउनुपर्ने र आउने नेपालको नया सविधानमा कहार जातिको लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा आरक्षण हुनुपर्ने माग सहितको ज्ञापन पत्र प्रंमुख जिल्ला अधिकारी मार्फत सविधान सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको हो ।

No comments:

Post a Comment