Pages

अनिश्चितकालिन हवन शुरु


बीरगंज ११ जेष्ठ/  हिन्दु रक्षा मोर्चाले आज देखि बीरगंजको घण्टाघर चोकमा अनिश्चितकालिन हवन पुजा शुरु गरेको छ ।
हिन्दु राष्ट्र कायम होस, नेताहरुमा सदबुद्धी आवोस र तोकिएको समय भित्रै संविधान निर्माण हुनु पर्ने भन्दै घण्टाघर चोकमा हिन्दु विधी अनुसार अनिश्चितकालिन हवन पुजा शुरु गरेको छ । जेष्ठ ९ गते देखी शुरु भएको हवन अनिश्चितकाल सम्म चल्ने बताइएको छ । मोर्चाले स्वगिर्य काशीनाथ तिवारीलाई धामिर्क शहिद घोषणा गरियोस भनेर सरकारसंग आग्रह पनि गरेको छ । संयोजक राजेश सिंह राठोरको सभापतित्वमा शुरु भएको हवन पुजामा स्थानीय र वाहिरको गरी १० जना पण्डितहरुको सहभागिता रहेको छ । हवन कार्यक्रममा १७ हिन्दुबादी संघ संगठनहरुको सहमति रहेको जनाएको छ ।

No comments:

Post a Comment