Pages

मारवाडी समुदाय द्वारा बृहत जुलुस


बीरगंज ११ जेष्ठ/  मुलुक यतिखेर संविधान निर्माण गर्ने क्रममा रहेको बेला सबै जातजाति, भेषभाषा, वर्ग समुदाय आफनो हक अधिकार नयाँ संविधानमा सम्बोधन हुनुपर्ने माग राख्दै संघर्ष र आन्दोलनलाई अघि बढाइरहेको बेला बीरगंजका मारवाडी समुदायले आफनो पहिचान र भाषाको सुनिश्चितता हुनुपर्ने माग सहितको ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष बुझाएका छन् ।
सम्पूर्ण मारवाडी समुदाय बीरगंजले बीरगंजस्थित राणीसती अतिथी सदन अगाडीबाट निकालेको विशाल शान्तिपूर्ण दवाब मुलक र्‍यालीले नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद कोइरालालाई ज्ञापन पत्र बुझाएका हुन । मारवाडी सेवा ट्रष्टका अध्यक्ष हिरालाल केडियाले ज्ञापन पत्र बुझाएका थिए । मारवाडी समुदायको हक र अधिकार नयाँ संविधानमा सुनिश्चित गर भन्ने नारा सहित निकालेको र्‍यालीमा मारवाडी महिला, पुरुष तथा युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो । मारवाडी भाषालाई राष्ट्रिय भाषामा सूचिकृत गरिनु पर्ने, मारवाडीलाई अल्पसंख्यक समुदायमा समेटिनु पर्ने र पहिचानको आधारमा नयाँ बन्ने संविधानमा मारवाडीको हक अधिकारलाई सुनिश्चित गरिनु पर्ने माग सहित निकालेको शान्तिपूर्ण दवाब मुलक र्‍यालीको नेतृत्वमा ट्रष्टका अध्यक्ष केडियाले गर्नु भएको थियो । करिव १२ हजारको संख्यामा बीरगंजमा बसोबास गर्दै आइरहेका मारवाडी समुदायले मुलुकको आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक, शैक्षिक, स्वास्थ्यको क्षेत्रमा पनि त्यतिकै महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेकोले मारवाडी समुदायलाई राष्ट्रको मुलधारमा समेटनु पर्ने माग अघि सारेका छन् ।

No comments:

Post a Comment