बीरगंज ६ जेष्ठ/ बिगत लामो समय देखी साहितीक क्षेत्रमा लागेकी बीरगंजकी साहित्यकार लक्ष्मी शाक्यको आज बिहान निधन भएको छ ।
५८ बर्षको उमेरमा शाक्यको बीरगंजस्थित नेशनल मेडिकल क्लेजको आईसियु कक्षमा उपचारको क्रममा बिहान ८ बजेको समयमा उहाँको निधन भएको हो । बिभिन्न रोगका कारण बिगत एक महिना देखी उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको उपचार भइरहेको थियो । यसैबीच उहाँको पार्थीव शरिरलाई बिभिन्न साहित्यकार, बिशिष्ट समाजीक ब्यक्तित्व, जेसीज बीरगंज, प्रभात काब्य यात्रा, गाजल साहित्यक मंच, नागरिक समाज लगायत बिभिन्न संघ संस्था तथा शुभेच्छुकहरुको बाक्लो उपस्थितीमा साहित्यकार अशोवाटीको सम्सानघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरि दाहसंस्कार गरिएको छ । तराई मधेशमा सम्पुर्ण भाषिको साहित्यीक पहिचानलाई स्थापना गर्न महत्व पुर्ण योगदान दिएकी थिइन ।
यसैबीच उनी भोजपुरी साहित्यीक प्रतिष्ठानको सदस्य, गजल साहित्य मंचको संयोजक लगायत बीरगंज नागरिक समाजको कोषाध्यक्ष, नेवा: मिस खलको उपाध्यक्ष, नेपाल खानेपानी संस्थानकी सहायक अधिकृत साथै बीरगंज जेसीज पर्साका पुर्व सदस्य रहि बिभिन्न समाजिक कार्यहरुमा संधै संलगन भई समाजको सबै तप्का र क्षेत्रको मन जित्न सफल रहि आफनो पहिचान बनाएकी थिइन । उहाँको दासंस्कारमा गजल साहित्य मंचका दिलीराज कार्की, प्रभात काब्य यात्राका संयोजक अरुणबिक्रम शाह, नेपाल भोजपुरी प्रतिष्ठानका सदस्य नन्दकिशोर गोयल, नेपाल वाङ्गमय प्रतिष्ठानका डा. बिश्वम्भर शर्मा, बीरगंज जेसीजका अध्यक्ष बद्रीबहादुर अधिकारी, क्रियाशील युवा पत्रकार मंचका प्रणय कुुमार, रिपोटर्स क्लव पर्साका अध्यक्ष कन्हैया गुप्ता, नेपाल राहत शिक्षक समितीका अध्यक्ष श्याम घिमिरे, नेपाल खानेपानी संस्थान पर्साका प्रतिनिधी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment