Pages

प्रेस चौतारीको अध्यक्षमा बन्जारा

बीरगंज ४ जेष्ठ/  नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले तीन राजनीतिक दलबीच भएको सम्झौतालाई हामीले कसैको हार र जितको रुपमा लिन नहुनेमा बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको तेस्रो पर्सा जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताउनु भएको हो । उहाँले यतिवेला तीन दलबीच भएको सम्झौता संविधान बनाउने अन्तिम आवश्यक्ता भएको दावी गर्नु भयो । नेता ज्ञवालीले प्रदेश विभाजनको हकमा जातियता र भाषिक आधारमा नगरी विभेदतामा एकता खोजी नया राष्ट्रिय एकताको निर्माण सहित संघीयता निर्माणमा जोड दिनु भयो । यदि राजनीतिक महत्वाकांक्षा अनुसार राज्यको निर्माण भएमा द्धन्द्ध झन चर्किन सक्ने ज्ञवालीले सम्भावना ब्यक्त गर्नु भयो । त्यसैगरी प्रादेशिक राजधानीको हकमा जनताको न्यूनतम सुविधालाई लक्षित गरी राजधानी छनौट गर्नु पर्नेमा जोड दिनु भयो । उद्घाटन समारोहमा बीरगंजका बरिष्ठ पत्रकार शंकर खतिवडालाई सम्मान गरिएको थियो । प्रेस चौतारी पर्साका संयोजक श्याम बञ्जाराको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन बिष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यामाञ्चल संयोजक महेश दास, नेकपा एमालेका जिल्ला अध्यक्ष बिजय महतो, नेपाली कांग्रेसका सभापति सुरेन्द्र चौधरी, सदभावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्धिन समानी, मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादब, पर्साका प्रजिअ शम्भु प्रसाद कोइराला, बीरगज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानी र नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष ध्रुव साहले आफनो शुभकामना मन्तब्य राखेका थिए ।
       यसैबीच अधिबेशनले १३ कार्य समिती चयन गरेको छ । प्रेस चौतारी नेपालको सम्पन्न अबिधेशनले अध्यक्ष पदमा श्याम बन्जारा, उपाध्यक्षमा संजय साह,सचिवमा अनुप तिवारी, सहसचिवमा धन्ननय मिश्र र कोषाध्यक्षमा जितेन्द्र साह रहेका छन । त्यसैगरी सदस्यहरुमा रुसतम अलि, अस्मिता अर्याल, मायाँनित’ न्युपाने, पुष्पराज तिमिल्सिना, साबिर अंसारी र सुरज खनाल रहेका छन भने २ जनालाई कार्यसमितीको बैठकबाट निर्णय गरि चयन गरिने बताइएको छ ।

No comments:

Post a Comment