Pages

संघर्ष समिति द्वारा लालटेन जुलुस




















बीरगंज ९ जेष्ठ/  जनसमाज राजसंस्था पुर्नस्थापना संघर्ष समिति पर्साले बन्द हडतालको बीचमा आज दिउसो वीरगंजमा लालटेन जुलुस प्रर्दशन गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्रलाई पूर्ववत राष्ट्र प्रमुखको दर्जा सम्मान दिनुपर्ने, राजसस्था कायम गर्नुपर्ने र हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतको माग राख्दै संघर्ष समितिले लालटेन जुलुस प्रर्दशन गरेको हो । राजा आउ देश बचाउ, सवै धर्मको रक्षा गर, महंगी नियन्त्रण गर, विदेशी दलाल चाहिदैन भन्ने नारा सहित वीरगंजको घण्टाघर चौकबाट बाजागाजा सहित निकालिएको लालटेन जुलुस वीरगंंज नगरको विभिन्न भाग परिक्रममा गरी पुन घण्टाघर चौकमा आई कोणसभामा परिणत भएको हो । कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले राजनितिक दलहरुले जबरजस्ती खारेज गरेको धर्मनिरपेक्षता मान्य नहुने बताएका छन । उनीहरुले सत्ता र भत्तामा लिप्त रहेका राजनितिक दलहरुले मुलुकमा सविधान दिन नसक्ने भएकोले मुलुकमा पुन राजसस्था स्थापना गर्नुपर्नेमा जोड दिएका हुन । उनीहरुले बन्ने सविधानमा राजसस्था, राजाको स्थान र हिन्दु राष्ट्र कायम नभए सडकबाट संघर्ष गर्ने चेतावनी समेत दिएका हुन । राजसस्था र हिन्दु राष्ट्रको विरोधमा नेपाली जनताले आन्दोलन नगरेको भन्दै यी दलहरुले विदेशीको ईसारामा राजसस्था र धर्म निरपेक्षता कायम गरेको आरोप समेत लगाएका हुन । आफनो मागलाई नया बन्ने सविधानमा नसमेटिए जेठ १४ गते नै सविधान जलाउने चेतावनी दिएका हुन । संघर्ष समिति पर्साका अध्यक्ष राजकिशोर चौबे र शत्रुधन सिंह लगायतले सम्बोधन गरेका थिए । लालटेन जुलुसमा संघर्ष समितिको उल्लेखनीय कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

No comments:

Post a Comment