Pages

बन्दको कारण तराईको जनजिवन प्रभाबित


बीरगंज ९ जेष्ठ/  बृहत मधेशी मोर्चाले आहवान गरेको अनिश्चितकालिन मधेश तराई बन्दको कारण पाचौ दिनपनि पर्सा जिल्लाको जनजिवन प्रभावित भएको छ ।
मोर्चाले बन्द सफल बनाउनका लागि आज वीरगंजको घण्टाघर चौकमा बृहत विरोध जुलुस तथा मोटरसाईकल प्रर्दशन गरेका छन । बन्दकर्ताहरुले आज पर्साको सम्पूर्ण सरकारी कार्यालयहरु पूर्ण रुपले बन्द गराएका छन । मोर्चाका कार्यकर्ताहरुले वीरगंज उपमहानगरपालिका कार्यालय, मालपोत, नापी शाखा, जिल्ला वन कार्यालय, जिल्ला विकास समिति, हुलाक कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतका सम्पूर्ण सरकारी कार्यालयहरु पूर्णरुपले बन्द गराएका छन । बन्दप्रति सम्पूर्ण कार्यालयका कर्मचारीहरुले एक्यबद्धता समेत जनाएको छन । बन्दकर्ताहरुले वीरगंजको सुख्खाबन्दरगाहामा बन्दको अवज्ञा गरेको भन्दै ना १ ख २३९४ नम्बरको मालबाहक ट्रकमा तोडफोड गरी क्षति पुर्‍याएका छन । बन्दका कारण वीरगंज बजार पूर्णरुपले ठप्प भएको छ । शिक्षणसस्था, कलकारखाना, बैक, यातायातका साधनहरु पूणर््ा रुपले बन्द रहेका छन । बन्दले गर्दा रिक्सा चालक र दैनिक ज्यालादारी गर्नेहरु बढी मारमा परेका छन । बन्दका कारण यात्रुहरु नपाउदा रिक्सा चालकहरुले दैनिय जिवन विताउन कठिनाई हुन थालेको रिक्सा चालकहरुले बताएका छन । बन्दकर्ताहरुले अहिले वीरगंजको विभिन्न गल्लीहरुमा रहेको पसलहरु समेत बन्द गराउदै हिडिरहेका छन । मोर्चाको बन्दमा नेपाल आदिवासी जनजाति महासंघ र दलित जनजाती पार्टीले समेत ऐक्यबद्धता जनाई विरोधमा उत्रेको छ । मोर्चाले गत शुक्रबार देखि नै पहिचान र सामथ्र्यलाई मुल आधार मानी आत्मनिर्णयको अधिकार, स्वाशासन र अग्राधिकार सहित १४ सुत्रिय माग र ११ प्रदेश बनाउने प्रमुख दलहरुको सहमतिको खारेजीको माग गर्दै मधेश तराई अनिश्चित कालिन बन्दको आहवान गरेको हो ।

No comments:

Post a Comment