बीरगंज १० जेष्ठ/ यतिवेला नयाँ संविधानमा आफनो पहिचान, हक अधिकारको सुनिश्चितताको लागि सबै जातजाति, भाषाभाषि र समुदाय सडकमा संघर्षमा गरिरहेकै बेला पछिल्लो समयमा आएर बीरगंजका मारवाडीहरु पनि आफनो पहचिान र भाषाको सुनिश्चितताको लागि आज बीरगंजमा वृहत भेला गरेका छन् ।
मारवाडी सेवा ट्रष्ट बीरगंजले बीरगंजको राणीसती मन्दिरको प्राङगणमा आयोजना गरेको वृहत भेलामा सहभागि स्थानीय मारवाडीहरुले नयाँ बन्ने संविधानमा मारवाडी भाषालाई राष्ट्रिय भाषामा सूचिकृत गर्नु पर्ने, मारवाडीको पहिचानलाई सुनिश्चित गर्नु पर्ने र मारवाडी जातिलाई अल्पसंख्यकमा समेटिनु पर्ने मागहरु अघि सारेका छन् । सदियौ देखि नेपालमा रहेर नेपालको सामाजिक, शैक्षिक, स्वास्थ्य र आथिर्क बिकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएका मारवाडी समुदायको हक अधिकारको बारेमा आजसम्म कुनैपनि राजनीतिक दलले आवाज नउठाएकोमा दुख ब्यक्त गर्दै अब आफनो हक अधिकारको लागि सम्पूर्ण समुदाय एकजुट भएर अघि बढने समेत निर्णय गरेका छन् । बीरगंजमा करिव १२ हजारको संख्यामा बसोबास गर्ने मारवाडी समुदायले भोली शान्तिपूर्ण र्यालीको आयोजना गरी आफनो शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । मुलुकभरी करिव १ लाखको संख्यामा रहेका मारवाडी समुदाय नेपालको आथिर्क मेरुदण्डको रुपमा रहेको बताउदै, नेपाल सरकारले मारवाडी समुदायको पहिचान र भाषाको सुनिश्चिताको बारेमा गम्भीर हुन ट्रष्टका अध्यक्ष हिरालाल केडियाले आग्रह गरेका छन् । भेलालाई बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानी, महासंघका केन्द्रीय सदस्य बिजय सरावगी, पूर्व अध्यक्ष गणेश लाठ, बरिष्ठ उधोगपति रामअवतार खण्डेलवाल लगायत महिलाहरुको पनि उल्लेखनिय उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment