बीरगंज ३१ बैशाख/ १९० औं प्रभात काव्य यात्रा एक समारोहका बीच बीरगंजमा सम्पन्न भएको छ ।
२०५३ साल असार महिनाको अन्तिम शनिबार देखी शुरु भएको काब्य यात्रालाई हाल सम्म निरन्तरता दिई सजगहरुले अग्रशर्ता दिदै आएका छन । काब्य यात्रा शुरु भए देखिनै बारा र पर्साको बिभिन्न ठाउमा रहेको चोक, एतिहासिक मन्तिर, सभाहल जस्ता स्थानहरुमा कार्यक्रम सम्पन्न गर्दै आइएको छ । कार्यक्रममा बिगत केही बर्ष देखी काब्य यात्रालाई नितन्तर रुपमा सहयोग पुर्याउँदै आएको ब्यक्तिहरुलाई सम्मान गर्न पछाडी हटेका छैनन् भने बिभिन्न ब्यक्तिहरुमा लुकेका प्रतिभालाई उजागर गर्नुको साथै समाजमा साहितीक गतिबिधीको चेतना फैलाउने कार्यक्रम समेत गर्दै आइरहेको छ । यसैगरी बैशाख महिनाको अन्तिम शनिबार काब्य यात्राले साहित्य तथा श्रृजना वाचन कार्यक्रम सम्पन्न गरेको छ । बीरगंजको घण्टाघरको चौतारामा नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष मास्टर तारासिंहको मुख्य आतिथ्य एवम् नेपाली कांग्रेस पर्साका पुर्व सभापति राजेन्द्र बहादुर अमात्यको आतिथ्यमा आयोजित सो यात्रामा सजगहरुले साहितीक जगतलाई सबै मिलेर अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए । प्रभात काब्य यात्रा पर्साका संयोजक कबि अरुण बिक्रम शाहको संयोजकत्वमा भएको काब्य यात्रामा कबि नन्दकिशोर गोयल, फडिन्द्र अधिकारी, भुपेन्द्र कुश्वाहा, बिनोद तिमिल्सीना, डा.शशि भुषण बर्णवाल, बिरेन्द्र साह, यमुना प्रधानाङ्ग, अच्युत प्रधानाङ्ग, ललन सिंह, बलदेव उपाध्याय, समिर पाख्रिन, अन्नु राणा, हेमन्थ चालिसे, राज कुमार बकवास, अर्जुण धिमिरे, कन्हैया गुप्ता लगायतकाले आ–आफनो कबिता, गीत, गजल, श्रृजना वाचन गरेका थिए । भने कार्यक्रमको संचालन भुपेन्द्र कुश्वाहाले गर्नु भएको थियो ।
No comments:
Post a Comment