Pages

राजधानी बनाउन माग गर्दै नाका ठप्प
















बीरगंज ३० बैशाख/ बीरगंजलाई प्रादेशिक राजधानीको माग गर्दै र्सवदलिय सर्वपक्षिय संघर्ष समिति बीरगंजले आज विहानैबाट बीरगंज भन्सार कार्यालयमा नाकाबन्दी गरेको छ ।
समितिका संयोजक तथा नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरीको नेतृत्वमा गएको टोलीले विहानै देखि बीरगंज भन्सार कार्यालयको मुलगेट लगाई पार्टीको झण्डा झुण्डयाएर प्रदर्शन गरेका हुन । र्सवदलिय सर्वपक्षिय संघर्ष समितिमा नेपाली कांग्रेस, एकीकृत नेकपा माओबादी, नेकपा एमाले लगायत बिभिन्न ७ वटा मधेशबादी पार्टीको सहभागिता रहेपनि हिजोबाट माओबादी, कांग्रेस र एमाले एक ठाँउमा अन्य मधेशबादी दलहरु छुट्टै भएका छन् । मधेशबादी दलहरुले आफुहरु एक मधेस एक प्रदेशको लागि र्सवदलिय सर्वपक्षिय आन्दोलन संघर्ष परिचालन समितिको गठन गरेका छन् । कांग्रेस माओबादी र एमाले सहभागि संघर्ष समितिले बीरगंजलाई प्रादेशिक राजधानी बनाउनु पर्ने माग सहित दवाब सृजना गरिरहेका छन् भने ७ मधेशबादी दलहरुले हिजोबाट समग्र मधेश एक प्रदेशको एजेण्डा बोकेर अघि बढिरहेका छन् । भन्सार नाका बन्द गरेको कारण सर्वसाधारण जनता निकै मर्कामा परेका छन् । भन्सार सुरक्षाको लागि सशस्त्र प्रहरी बल राजश्व एव भन्सार सुरक्षा बेस बीरगंज अन्तर्गत ४५ जना सुरक्षाकर्मी परिचालन गरिएपनि बन्द खोलाउन खासै पहल गरेको देखिएको छैन ।

No comments:

Post a Comment