Pages

सुर्ती पहेंलिएपछि किशानहरु चिन्तित

बीरगंज ३ जेष्ठ/ पर्साको विरुवागुठी वडा नम्बर १ झबराहाका किसानले लगाएको सुर्ती खेतीमा सुर्तीको पात खेतमै पहेंलिएपछि किसान चिन्तित बनेका छन् ।
सूर्य नेपालको प्राविधिक त्रुटीका कारण किसानको खेतबारीमा लगाइएको सुर्ती खेती बिग्रिएको स्थानीय आमा समूहकी सचिव भगवती शर्माले जानकारी दिनुभयो  । सुर्ती खेतीका लागी सूर्य नेपाल टोबाकोले नैकिसानलाई बिउ र प्राविधिक सल्लाह सुझाव दिने गरेको छ । सूर्य नेपालका प्राविधिकले चीसो मौसममा लगाउनुपर्ने सुर्तीको बिउ गर्मी मौसममा खेतीका लागी दिइएकाले बाली नसप्रिएको बताएका छन् । सूर्य नेपालकै प्राविधिक कर्मचारीका कारण सुर्ती बालीमा समस्या देखिएकाले क्षतिपूर्ती दिएर किसानलाई राहत दिनुपर्ने विरुवागुठीका किसानको माग छ । विरुवागुठी गाविसको वडा नम्बर १ का किसानले करिब २० बिघा क्षेत्रफलमा सुर्ती खेती लगाएका छन् ।

No comments:

Post a Comment