Pages

लुमन्ति द्वारा पत्रकारहरु सम्मानित















बीरगंज ३ जेष्ठ/ लुमन्ति नामक संस्थाले एक समारोहका बीच बीरगंजका १७ जना संचारकर्मीहरुलाई सम्मानीत गरेको छ ।
बिगत केही बर्ष देखी उक्त संस्थाले गर्दै आएको कामको बारेमा समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मीहरु सम्मानीत गरिएको हो । बीरगंज उपमहानगरपालिका कार्यालय र लुमन्ति आवासको गरी सहयोग समुहको सहयोग तथा शहरी गरिब सशक्तिकरण समाज उप्स र एकता महिला बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा आयोजनामा गरेको नागरिक भेला तथा सम्मान कार्यक्रम संचारकर्मीहरुलाई सम्मान गरिएको हो । बीरगंजको छपकैयाँस्थित ताराचन्द किशनलाल निम्न माद्ययमिक विद्यालयमा आयोजित कार्यक्रममा पत्रकार प्रणय कुमार, क्रान्ति साह, यूवराज खड्का, विजय भण्डारी, नरेश सर्राफ, शंकर आचार्य, राजु श्रेष्ठ, शत्रुघ्न नेपाल, केसी लामिछाने, रवि दाहाल, कृष्णउदास खनाल सम्मानित हुुनु भएको हो । त्यस्तै पत्रकार महम्मद सद्दाब, पवन तिवारी, सरोज खड्का, आरके पटेल, जगत राई, नेहाल खान, उत्तम खड्गीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा लुमन्तिका तर्फबाट प्रेस काउन्सिलका सदस्य चन्द्रकिशोर झाले सम्मानित सञ्चारकर्मीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नु भएको थियो । सम्मान् कार्यक्रमको अवसरमा आयोजित नागरिक भेलामा सहभागीहरुले यज्ञराज कार्कीले लुमन्ति परियोजना मार्फत् छपकैया, नगवा, भगवती टोल, इनर्वाका दलित तथा मुश्लिम समुदायका बीच सामाजिक तथा आर्थिक सशक्तिकरणका लागी उदाहरणीय कार्य गरेको बताएका थिए । उनीहरुले लुमन्ति आयोजनाका कार्यक्रम संयोजक रहेर करिब आठ वर्षसम्म सेवा पुर्‍याउनुभएका यज्ञराज कार्कीको योगदान अविष्मरणीय रहेको बताएका थिए । यज्ञराज कार्कीकै प्रेरणाबाट दलित तथा मुश्लिम महिलाहरुको नेतृत्वमा एकता महिला बचत तथा ऋण सहकारी संस्थामार्फत् २ हजार १ सय महिलालाई समूहमा आबद्ध गराएर आर्थिक सशक्तिकरणमा जोडिएको संस्थाकी अध्यक्ष मोमिला खातुनले बताउनुभयो । शहरी गरिब सशक्तिकरण समाज उप्सका अध्यक्ष साहेब हुसैनको सभापतित्वमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फूलमहम्मद मियाँ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इम्तियाज खान, पूर्व अध्यक्ष शम्शुल होदाले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत भाषण बसन्ती देबीले गर्नु भएको थियो भने संचालन अब्दुल कैशले गर्नु भएको थियो ।

No comments:

Post a Comment