Pages

राष्ट्रवाद द्वारा बिरोध र्‍याली


वीरगंज ११ जेष्ठ/ नेपाल राष्ट्रवाद संघ पर्साले आज वीरगंज विरोध र्‍याली निकालेको छ ।
राजा ल्याउ देश बचाऔ, शैनिक शासन लागु गर, ६ सय १ मुर्दाबाद, राजसंस्था अमर रहोस, संबिधान ४७ जरी गर भन्ने नारा सहित विरोध र्‍याली निकालेको हो । राष्ट्रिय सरोकार मंच नेपालको बिषेश सहयोगमा वीरगंजको घण्टाघर चोकबाट बाजागाजा सहित निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुदै पुन: घण्टाघर चोकमा आई कोणसभामा परिणत भएको हो । कोण सभामा संघका अध्यक्ष जनकलाल साह, राष्ट्रिय सरोकार मंच नेपालका नारायणी अंचल संयोजक नन्द किशोर गोयल र बिद्धवत परिषद नेपालका केन्द्रिय सदस्य नरेशराज गिरीले देश, जनता र प्रजातन्त्रको रक्षाका लागि राजसंस्था आवश्यक रहेको बताउनु भयो । उनीहरुले राजसंस्थाबाट नै देश जनताको सुरक्षा, विकास तथा मुलुकमा देखिएको पेट्रोलियम, खाद्य विउ, खाना पकाउने दाउरा, विद्युत अभावहरु पुर्ती हुन सक्ने दावी समेत गरेका थिए ।

No comments:

Post a Comment