Pages

प्रधानमन्त्रीको पुतला दहन


वीरगंज १० जेष्ठ/ नेकपा एमाले निकट युवा संघ नेपाल पर्साले आज वीरगंजमा प्रधानमन्त्री डा बाबुराम भट्राईको पुतला दहन गरेको छ ।
प्रधानमन्त्री भट्राईले सविधान सभाको म्याद थप्न पुन तीन महिनाको लागि ल्याएको प्रस्तावको विरोधमा सो पुतला दहन गरिएको हो । युवा संघ नेपाल पर्साको संयोजक श्याम गुप्ताको नेतृत्वमा रहेका युवा कार्यकर्ताहरुले सविधान सभाको म्याद थप्न नपाईने र तोकिएको समयमा सविधान जारीगर्नुपर्नै लगायतको नारा लगाउदै प्रधानमन्त्रीको पुतला सहित वीरगंजको पानमंडीबाट निकालिएको विरोध र्‍याली घण्टाघर चौकमा पुगि पुतला दहन गरेको हो ।

No comments:

Post a Comment