Pages

कैदी बन्दीद्वारा आममाफीको माग


बीरगंज १० जेष्ठ/ बीरगंजस्थित पर्सा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुले गणतन्त्र दिवस संविधान निर्माणको अवसरमा सम्पूर्ण कैदी बन्दीहरुको सजाय माफी मिनाहा गरी पाउ भनेर उपस्थित सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।
पर्सा कारागारमा कैदी जीवन बिताई रहेका महिला तथा पुरुष कैदी बन्दीहरुले पत्रकारहरुलाई बोलाएर आज आफनो ज्ञापन पत्रको बारेमा जानकारी गराएका हुन । ज्ञापन पत्रमा देशको हरेक परिवर्तनमा आफुहरुको प्रत्यक्ष वा अप्रत्यक्ष योगदान र सहानुभुति रहदै आएको बताउदै, २४० बर्ष पुरानो निरंकुश सामन्ती राजतन्त्रको अन्त्य भइ देशमा गणतन्त्र आइसक्दा पनि आफुहरुको लागि कागलाई वेल पाक्यो हर्ष र विस्मात जस्तै भएको उल्लेख गरेको छ । संसारभर हरेक राजनैतिक परिवर्तन पछि कैदी बन्दीलाई आममाफी दिने परिपार्टी विद्यमान रहेको चर्चा गर्दै, नेपालकै सन्दर्भमा पनि २००७ सालमा नेपालमा १०४ बर्षको जहानीया राणाशासनको अन्त्य भएपछि नेपालका कैदीहरुलाई आम रिहाई गरिएको थियो । त्यसैले आफुहरुले पनि बीरगंज कारागारमा बन्दी जीवन बिताईरहेको सम्पूर्ण कैदी बन्दीहरुलाई आममाफी दिई मान्छेलाई रुपान्तरण हुने मौका उपलब्ध गराउनु पर्ने माग गरेका छन् । ५ बुदे माग सहितको ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने कार्यक्रम रहेपनि प्रमुख जिल्ला अधिकारी कारागारमा नपुगेपछि कैदी बन्दीहरुले सञ्चारकर्मी सामु आफनो ज्ञापन पत्र पढेर सुनाएका थिए । साथै यसबारेमा प्रधानमन्त्रीलाई जानकारी गराइ दिन आग्रह गरेका थिए ।

No comments:

Post a Comment