वीरगंज ८ जेष्ठ/ थारु कल्याणकारिणी समिति पर्साको सम्पन्न पाचौ जिल्ला अधिवेशनले हेमनारायण चौरधी थारुको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
रिपोर्टस क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गठन भएको कार्यसमिति तथा विभिन्न निर्णयहरु सार्वजनिक गरेको हो । गठन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा शिवनारायण गौरो थारु, उपाध्यक्ष द्धय नन्दकिशोर पंन्जीयार थारु, बालेश्वर गौरो थारु, सचिव भागवत प्रसाद चौधरी, सहसचिव विनोद चौधरी थारु, कोषाध्यक्ष महेन्द्र चौधरी थारु लगायतका रहेका छन । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हेमनारायण चौधरी थारुले नवलपरासीको डन्डामा जलाईएको थारु संग्रहालय, धनगढीको कैलालीमा र नवलपराशीमा मुल आदिवासी थारुको शान्तिपुर्ण आन्दोलनमा सुरक्षा निकायबाट गरिएको प्रशासनिक दमनको घोर भत्र्सना समेत गर्नुभयो । उहाले जातिय पहिचान पृष्टभुमिको आधारमा आत्मनिर्णयको अधिकार सहित राज्य निर्माणको माग संगै वीरगंजलाई संघीय राजधानी कायम गर्न संघर्षरत आन्दोलनकारीको माग प्रति एक्यबद्धता जाहेर समेत गरेका थिए । थारु कल्याणकारीणीको सम्पन्न अधिवेशनबाट वीरगंजलाई थारु धर्मशालाको निर्माण कार्य युद्धस्तरमा गर्ने, ढकिया बनाउने कला मुल आदिवासी थारु महिलाको पारम्परिक सीप र ज्ञानको उत्पति भएकाले कापी राईट, ट्ेरड मार्क रजिष्टेशनको लागि आवश्यक पहल गर्ने, आर्थिक, समाजिक, राजनितिक र संस्कृतिक क्षेत्रमा थारु समुदायको प्रगतिको लागि रणनितिक रुपले प्रयत्न गनुैपर्ने र मुल आदिवासी थारु लगायत थारुहटमा बसोबास गर्ने मधेशी, जनजाती, दलित, महिला र मुसलमान माथि काम रहेको राजनितिक, आर्थिक, समाजिक, असमानता, भेदभाव, अनयाय र उपेक्षालाई पूर्ण रुपले उन्मुलन गरी समानता र मातृभाव अभिवृद्धि गराई समाजिक मूल्य र मान्यतामा आधारित समता मुलक समाजको निर्माण गर्न प्रयत्नशिल रहने कार्ययोजना बनाईएको समितिका केन्द्रिय पार्षद बृजमोहन चौधरी थारुले बताउनु भयो ।
No comments:
Post a Comment