Pages

फोटो पत्रकारलाई प्रेस ज्याकेट बितरण


















वीरगंज ९ जेष्ठ/ राष्ट्रिय फोटो पत्रकार समूह पर्साले आज पर्साको विभिन्न सुरक्षा निकाय प्रमुखहरुलाई समूहको आधिकारिक प्रेस ज्याकेटको सम्मान्का लागी लिखित प्रतिबद्धता जनाउन लगाएको छ ।
केन्द्रिय सदस्य राम सर्राफ र जिल्ला अध्यक्ष पंकज श्रेष्ठ लगायतका फोटो पत्रकारहरुको प्रतिनिधी मण्डलले प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालालाई भेटेर प्रेस लेखिएको हरियो ज्याकेटमा हस्ताक्षर गर्न लगाएर प्रेस ज्याकेट लगाएका फोटो पत्रकारलाई रिपोर्टिङगका क्रममा सुरक्षाकर्मीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउन लगाएका हुन्. ।
      यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रमुख कृष्णभक्त ब्रह्मचार्यले समेत ज्याकेटमा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाउनुभएको छ । सो अवसरमा फोटो पत्रकार समूहका अध्यक्ष पंकज श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार समूहद्वारा प्रकाशित नयाा वर्षको क्यालेण्डर समेत मायाको चिन्हो स्वरुप प्रदान गर्नुभयो । यसैबीच राष्ट्रिय फोटो पत्रकार समूहले आज समूहमा आबद्ध भएका नौ जना नयाा फोटो पत्रकारलाई सदस्यताको प्रमाण पत्र र ज्याकेट वितरण गरेको छ । उत्तम खड्गी, मनिष पौडेल, सफल खतिवडा,रुस्तम अली, विजय चौहान, प्रणय कुमार, राम क्षेत्री, बाराका दिवाकर भण्डारी र जीतलाल श्रेष्ठलाई सदस्यताको प्रमाण पत्र र प्रेस ज्याकेट वितरण गरिएको केन्द्रिय सदस्य राम सर्राफले जानकारी दिनुभयो ।

No comments:

Post a Comment