Pages

राजधानीको माग गर्दै नाकाबन्दी गर्ने













बीरगंज २९ बैशाख/ बीरगंजलाई प्रादेशीक राजधानी बनाउनु पर्ने माग गर्दै बीरगंजमा दबाब र्‍यालीको आयोजना गरिएको छ ।
शान्ति र लोकतान्त्रीकका लागि पेशागत संजाल पापडले आज बिहान दवाव मुलक र्‍याली निकालेको हो । बीरगंजको घण्टाघर चोकबाट निकालीएको र्‍यालीले बीरगंज नगरको बिभिन्न भागको परिक्रमा गरी पुन: घण्टाघरमा चोकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष बिनय सिंह, सचिव कमल मोहन पोखरेल, पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारी, ईन्जिनियर एशोसिएसन पर्साका अध्यक्ष मुन्ना सर्राफ लगायतकाले बीरगंजलाई राजधानी क्षेत्र बनाउन माग गरेका छन ।  यसैगरी र्सवदलिय सर्वपक्षिय संघर्ष समिति बीरगंजले आज पत्रकार सम्मेलनको आयोजना गरी बीरगंजलाइ प्रादेशिक राजधानी बनाइनु पर्ने माग राख्दै भोली शनिवार आर्थिक नाका बन्द गर्ने घोषणा गरेका छन । बीरगंजको माईस्थानमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र चौधरीले यस्तो घोषणा गरेका हो । नेपालकै आर्थिक राजधानीको रुपमा चिरपरिचित रहेको बीरगंजको राष्ट्रिय राजनीतिमा पनि उल्लेखनिय योगदान रहेको छ । २००७ सालको कुरुर जहानिया राणा शासनको विरुध सशस्त्र जनक्रान्तिको पहिलो विगुल फुक्ने र मुलुकको कुल राजश्वको ४२ प्रतिशत राजश्व बीरगंजबाटै संकलन हुने भएकोले जुनसुकै हालतमा पनि बीरगंजलाई नै प्रादेशिक राजधानी बनाउनु पर्नेमा जोड दिदै, यदि यसो नभएमा थप संघर्षका कार्यक्रमहरु चरणबद्ध रुपमा अघि बढाउदै गर्ने चेतावनी समेत दिएका छन् । पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष बिजय महतो, सदभावना पार्टीका केन्द्रीय सदस्य नेजामुदिन समानी, संघीय सदभावना पार्टीका जिल्ला अध्यक्ष बिपिन यादब, नेकपा एमालको जिल्ला सदस्य अरविन्द सिंह, नेपाली कांग्रेसका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, दिना गुप्ता, श्याम पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment