Pages

हुलाकी सडक र बिकास योजना











 बीरगंज २९ बैशाख/  भारतीय महाबाणिज्य दुत आसुतोष अग्रवालले हुलाकी सडकको निर्माणले तराईको आर्थिक तथा सामाजिक बिकासलाई थप मद्धत पुर्‍याउने धारणा राखेका छन् ।
बीरगंजस्थित भारतीय महाबाणिज्य दुताबासको सहयोगमा रिपोटर्स क्लव बीरगंजले होटेल सम्झनामा आयोजना गरेको हुलाकी सडक तथा बिकास योजना बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन । तराई आन्दोलन पश्चात नेपाल सरकारले सन २००६ मा तराईको बिकासको लागि तराई मार्गको आवश्यक्ता भएको महशुस गर्दै भारत सरकारसग हुलाकी सडक निर्माणमा सहयोगको आग्रह गरेपछि सन २०१० मा यो परियोजनामा दुबै पक्षबाट हस्ताक्षर भएको महाबाणिज्यदुत अग्रवालले जानकारी गराए । भारत सरकारले करिव ६ सय ५ किलोमिटर दुरीको सडक खण्ड निर्माणको लागि १२ सय ४० करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ । नेपाल सरकारले सडक निर्माणको लागि जग्गा उपलब्ध गराउनुको साथै पुलहरु निर्माण गर्नु पर्ने सहमति भएको छ । करिव डेढ बर्षभित्रै सम्पन्न भइसक्नु पर्ने हुलाकी सडक नेपालको आन्तरिक राजनीतिक अन्योलताको कारण ४ बर्ष बितिसक्दा पनि अझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन । तर अब ३० महिनाभित्रमा यसको निर्माण कार्य सम्पन्न भइसक्ने महाबाणिज्यदुत अग्रवालको दावी छ । भारतले नेपालको सधै बिकास होस भन्ने भावना अन्तर्गत २० बर्ष भित्रमा ४२५ परियोजना अन्तर्गत कुल ६ हजार करोड रुपैया आर्थिक सहयोग गरिसकेको जानकारी गराउदै, यसवाहेक पनि अझै थुप्रै नयाँ परियोजना आउने जानकारी गराए । नेपालको शिक्षा, स्वास्थ्य, सडक तथा पुल निर्माणमा विशेष आर्थिक सहयोग गर्दै आइरहेको भारत सरकारले आउदो दिनमा पनि २ हजार करोड रुपैया बराबरको विराटनगर जोगवनी र जनकपुर जयनगर रेल परियोजना ल्याउन लागेको जानकारी गराए । हाल बीरगंजस्थित भारतीय महाबाणिज्य दुताबासको स्थापना भए पश्चात करिव ४ सय परियोजना संचालन भइराखेको जानकारी गराउदै यसबाट नेपालमा शिक्षा, स्वास्थ्य र सडकको बिकासमा कोसेढुङ्गा सावित हुने अग्रवालको दावी छ । नापी कार्यालयका प्रमुख हजारी प्रसाद यादबले महेन्द्र राजमार्गभन्दा पहिले रेखाकंन भएको भएपनि निर्माण कार्य भर्खरै शुरु भएकोमा दुख ब्यक्त गर्दै, आफनो कार्यालयबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए । बीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले बिकासको कामलाई हडताल र बन्दको नाममा रोक्नु नहुनेमा जोड दिए । ठेकेदार हरिनारायण रौनियारले नेपालमा संचालन हुने परियोजनामा नेपाली ठेकेदारलाई मौका दिनु पर्नेमा जोड दिए ।


No comments:

Post a Comment