बीरगंज २६ बैशाख/ बिश्व रेडक्रस दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरी निकालीएको छ ।
बीरगंजको घण्टाघर चोकबाट निकालीएको प्रभात फेरी बीरगंजको माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुदै पुन: घण्टाघरमा चोकमा पुगी सभामा परिणत भएको थियो । कोण सभालाई रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य श्याम पोखरेल, जिल्ला सभापति फुल महमद मियाँ लगायतले संबोधन गर्नु भएको थियो । रेडक्रस सोसाइटी पर्साका सभापति फुल महमद मियाँको नेतृत्वमा निकालीएको थियो । प्रभात फेरीमा हिमाल इन्सिच्युट, चिकित्सा शास्त्र अध्यन्न संस्था, नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालय, त्रिभुवन माध्यमिक बिद्यालय लगायतका रेडक्रसका बिनोद मेहता, उपशाखाका प्रतिनीधि, बिद्यार्थी, शिक्षक तथा रेडक्रस संग आवद्ध बिभिन्न संघ संस्थाहरुको उपस्थिती रहेको शाखा अधिकृत उदयराज शर्माले जानकारी दिनु भयो । यसैगरी नेपाल रेडक्रस सोसाईटी उपशाखाले नि:शुल्क ब्लड प्रेसर र स्वास्थ्य परिक्षणको आयोजना समेत गरेको छ ।

No comments:
Post a Comment