Pages

बौद्ध समितिद्धारा शर्मा र श्रेष्ठ सम्मानित

बीरगंज २३ बैशाख/  २५५६ औ बुद्ध जयन्तीको उदघाटन तथा सम्मान र धर्म रत्न प्रज्ञा पारमिता उपसमितिबाट संचालित ५ दिने शिविर समापन कार्यक्रममा भारतीय महाबाणिज्य दुत आसुतोष अग्रवालले भगवान गौतम बुद्धले घृणा, क्रोध, आवेगलाई त्याग्न सक्यौ भने, कष्ट र पीडाबाट सधैंको लागि मुक्ति पाउने संदेशलाई हामी सबैले पालना गर्नु पर्नेमा जोड दिएका छन् ।
बीरगंज बौद्ध समिति पर्सा बीरगंजले भिष्वा महाचैत्य स्तुप परिसरमा आयोजना गरेको बुद्ध जयन्ती उदघाटन तथा ५ दिने प्रज्ञा पारमिता शिविरको समापन कार्यक्रमलाई सम्बोधनको क्रममा यस्तो जोड दिएका हुन । महाबाणिज्य दुत अग्रवालले हामीले समाजमा शान्ति ल्याउन सबैसंग प्रेम राखेर अघि बढनु पर्नेमा जोड दिए । भगवान गौतम बुद्धको जन्म नेपालमा भएपनि उनले भारतबाट ज्ञान प्राप्त गरेकोले भगवान गौतम बुद्धले नेपाल र भारतको सम्बन्धलाई अझै प्रगाढ बनाएको उनले धारणा राखेका थिए । समाजसेवी मोहनलाल राजपालले भगवान गौतम बुद्धले शान्ति र सदभावको लागि आफनो जीवन अर्पण गर्नु भएकै कारण आज उहा सारा विश्वकै भगावन हुनु भएको चर्चा गर्दै, हामी सबैले पनि उहाकै जस्तो शान्त र साधारण बनेर अघि बढनु पर्नेमा जोड दिए । २५५६ औ बुद्ध जयन्तीको उदघाटन समारोहमा बीरगंज १८ भिष्वास्थित भिष्वा महाचैत्य स्तुपलाई राष्ट्रियरुपमा पहिचान बढाई पयर्टन विभागको सूचीमा सूचीकृत गरेको भन्दै समितिका उपाध्यक्ष डा. बिश्वम्भर शर्मा र समितिका सल्लाहकार तथा पत्रकार राजु श्रेष्ठलाई दोसल्ला सहित सम्मान गरिएको छ । यसैगरी ५ दिने शिविरमा सहभागिहरुको तर्फबाट श्रीमती गीता देवीले यसप्रकारको शिविरले आत्म शुद्धि गर्ने र ज्ञान प्राप्त हुने बताउदै, प्रत्येक मनुष्यले आफनो जीवनमा एकपटक शिविरमा बस्नु पर्ने धारणा राखेका थिए । बीरगंज बौद्ध समितिका अध्यक्ष बीरहर्ष शाक्यको सभापतित्वमा सम्पन्न उदघाटन तथा सम्मान कार्यक्रममा बीरगंज उधोग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश प्रसाद लाठको पनि उपस्थिती रहेको थियो । समितिका महासचिव बालमुकुन्द खरेलले संचालन गर्नु भएको कार्यक्रममा समितिका उपाध्यक्ष डा. शर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत गीत स्थानीय युवायुवतीहरुले गाएका थिए । यसैगरी आज बुद्ध जयन्तीको दिन विहान ८ बजे माइस्थानचौकबाट वृहत शान्ति र्‍यालीको आयोजना गर्ने बीरगंज बौद्ध समितिले जानकारी गराएको छ ।

No comments:

Post a Comment