बीरगंज २८ बैशाख/ भारतीय महाबाणिज्य दुताबास बीरगंजले बिभिन्न परियोजनाका लागि चेक हस्तान्तरण गरेको छ ।
महाबाणिज्य दुताबास कार्यालयमा आयोजित कार्यक्रममा भारतीय महाबाणिज्य दुत आषुतोश अग्रवालले सो चेक हस्तान्तरण गरेको हो । नेपाल भारत बिकास परियोजना अन्तरगत नेपालको धनुषा र महोत्तरीमा संचालन भइरहेको पाँचवटा योजनाको दोश्रो किस्ता वापतको चेक आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । महाबाणिज्यदुत अग्रवालले धनुषा जिल्लाको जनकपुरस्थित गंगासागर र धनुषा सागरको बिकासको लागि ६२ लाख ८७ हजार ३७ रुपैया र जनकपुर धामस्थित रगंभुमि मैदानको बिकासको लागि ५५ लाख ८९ हजार ३ सय ५१ रुपैयाको चेक जनकपुर बृहत्तर क्षेत्र बिकास परिषदका अध्यक्ष दिगम्बर रायलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरणकै क्रममा धनुषामा ६ वटा प्राइमरी स्कुलको भवन निर्माणको लागि ६४ हजार ८७ हजार ९२६ रुपैयाको चेक शहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका प्रमुख सम्पत घिमिरेलाई हस्तान्तर गरेका छन् । हस्तान्तरण गरिएको चेक योजनाको दोश्रो किस्ता वापतको रकम भएको महाबाणिज्य दुताबासले जानकारी गराएको छ । धनुषाको जलाद खोला माथिको कलभर्ट वापतको ४६ लाख ८१ हजार ९३९ रुपैयाको जनकपुर सडक विभागलाई र महोत्तरीको सुकदेव माध्यमिक बिद्यालय सुगाको भवन निर्माणको लागि ३७ लाख ७६ हजार ७६१ रुपैयाको चेक जलेश्वर जिल्ला बिकास समितिलाई हस्तान्तरण गर्ने कार्यक्रा रहेको थियो । तर सम्बन्धित संस्थाबाट कोही पनि उपस्थित नभएको कारण दुबै चेक हस्तान्तरण गरिएन । बीरगंजस्थित भारतीय महाबाणिज्य दुताबासको स्थापना पश्चात अहिले सम्म करिब १ सय २० करोड रुपैया बराबरको ३० वटा बिकास योजना शुरु भएको र हालसम्म १० वटा योजना पुरा भइसकेको छ भने २० वटा योजनामा काम भइरहेको महाबाणिज्य दुताबासले जानकारी गराएको छ ।



No comments:
Post a Comment