Pages

पत्रकारहरु द्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र














बीरगंज ३ बैशाख/  प्रेस चौतारी पर्साले बाराका पत्रकार सुभाष प्रसाद साह माथि आक्रमण गर्ने दोषी माथि कडा कारवाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फ उपप्रधान तथा गृहमन्त्री बिजय गच्छेदार समक्ष ज्ञापन पत्र बुझाएको छ ।
पत्रकार साह माथि बैशाख १ गतेका दिन भएको सांघातिक हमलाका दोषी माथि कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । प्रेस चौतरी पर्साका संयोजक श्याम कुमार बञ्जाराले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालालाई ज्ञापन पत्र बुझाएको हो । प्रेस चौतारी बाराका अध्यक्ष समेत रहेका पत्रकार साह माथि हमला गर्ने दोषीको पहिचान गरी कानुनको कठघरामा उभ्याउनुको साथै घाइते पत्रकार साहको उपचार खर्च तथा क्षतिपूर्ती उपलब्ध गराउन जोडदार माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यामाञ्चल संयाजेक महेश दासले नेपालमा विगत केही समयदेखि स्वतन्त्र रुपमा पत्रकारिता गर्दै आइरहेको क्रियाशील पत्रकार माथि आक्रमण हुदै आएको र घटनामा संलग्न अपराधीहरुलो सजिलै उन्मुक्ति पाइरहेकै कारण पत्रकारमाथि आक्रमण हुने घटना बढिरहेकोले पत्रकारिता जगत नै मर्माहत भएको बताएका छन् । पत्रकार दासले पत्रकारमाथि आक्रमण भएपछि, महासंघले ज्ञापनपत्र बुझाउने र स्थानीय प्रशासनले अनुसन्धान गर्दैछौ भन्ने परिपाटीलाई परिवर्तन गरी अपराधी माथिको अनुसन्धान कहा पुग्यो भन्ने कुराको जानकारी पत्रकारलाई गराउनु पर्नेमा जोड दिएका थिए । पत्रकार दासले हाइवे साप्ताहिकका प्रधान सम्पादक शशि विचित्रलाई पनि ज्यान मार्ने फोन धम्की आएको बारेमा स्थानीय प्रशासन कहासम्म पुग्यो सो बारेमा पनि जानकारी माग्नु भएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले अब केबल प्रतिबद्धता होइन कार्यान्वयन गरेर, सो बारेमा जानकारी समेत गराउने प्रतिबद्धता गर्नु भएको थियो ।

No comments:

Post a Comment