Pages

भर्ना अभियानका लागि घरदैलो

बीरगंज ५ चैत्र/  देशभरमा विद्यालय भर्ना शुरु भए साग सागै पर्सामा पनि विद्यालय भर्ना अभियान शुरु भएको छ ।
सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१५ भित्र सबै बालबालिकालाई प्राथमिक शिक्षा दिने लक्ष्य सहित भर्ना अभियान शुरु भएको हो । यस अभियान अन्र्तगत आउादो १४ गते सम्म विद्यालयमा बालबालिका भर्ना गर्ने र त्यो बेला सम्म विद्यालय नआउने बालबालिकाहरुलाई विद्यालय ल्याउन उद्देश्यले घरदैलो अभियान नै चलाउने शिक्षा विभागले लक्ष्य लिएको छ । यो अभियान बैशाख भरि नै चलाउने योजना छ । यसै अभियान अन्र्तगत पर्साका विभिन्न विद्यालयहरुमा पनि विद्यार्थी अभियान शुरु भएको हो । अभियान अन्र्तगत माइस्थान विद्यापीठ मावि बीरगंजले विद्यार्थी भर्नाका लागि घरदैलौ कार्यक्रम संचालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापन विनोद मेहताको नेतृत्वमा विगत ३ दिन देखि विद्यार्थी भर्ना अभियान जारी छ । विद्यालयका विद्यालयका शिक्षकहरु र केही अभिभावकहरु सहितको टोलीमा सहभागिता रहेको प्रधानाध्यापन मेहताले जानकारी दिनुभयो । साथै विद्यालयमा यस वर्षदेखि शिशु र कक्षा १ मा आग्रेजी माध्यमबाट कक्षा संचालन गरिने पनि उहााले बताउनुभयो । सरकारी विद्यालयप्रति अभिभावकहरुको सोचमा परिवर्तन गराउने उद्देश्यले यस वर्षदेखि आग्ेरजी माध्यममा कक्षा शुरु गर्न लागिएको प्रधानाध्यापक मेहताले बताउनुभयो । यसैगरी त्रिजुद्ध माविले पनि विभिन्न कार्यक्रम गरी यो अभियान सुरु गरेको छ । विद्यालयका शिक्षकहरुले आज वीरगंजमा मोटरसाईकल र्‍यालीको माध्यमबाट विद्यालय भर्ना अभियान शुरु गरेका छन । वीरगंजको विर्ता, छपकैया, ईनर्वा, घुसुकपुर लगायतका विभिन्न ठाउमा मोटरसाईकल र्‍यालीको आयोजना गरेका छन । अभियानले घरदैलो समेत कार्यक्रम गरेको छ । वीरगंजको विर्ता, कुम्हालटोल, छपकैया लगायतका ठाउमा घरदैलो कार्यक्रम गरेको छ । यसैगरी सुरर्जी माविले पनि घर दैलो कार्यक्रम गरेको छ ।

No comments:

Post a Comment