Pages

पर्सा बासीले गरेको सम्मानको भागी आफु नरहेको : प्रउ खरेल,


















बीरगंज २९ चैत्र/  पर्साका प्रहरी उपरीक्षक रमेश प्रसाद खरेलले पर्सा बासीले गरेको सम्मानको भागी आफु नरहेको बताएका छन ।
आज बिहान राष्ट्रिय सरोकार मंच नारायणीले स्थानिय होटल सम्झनामा आयोजना गरेको नव बर्ष २०६९ सालको शुभ अवसरमा शुभकामना आदान प्रदान तथा पर्साका प्रहरी उपरीक्षक रमेश खरेलको बिदाई समारोहमा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले जुन प्रहरीले जनताको काम गर्दैन त्यसता ब्यक्तिले प्रहरीको जागीर गर्नु कुनै औचित्य नरहेको बताउनु भयो । प्रहरी उपरीक्षक खरेलले नराम्रो काम गर्ने सात जना प्रहरीको जागीर खाएको भन्दै  ६६ जनाले राम्रो काम गरेर पुरस्कार प्रदान गरेको बताउनु भयो । उहाँले पर्सेली जनताहरुले अपराध र अपराधीहरुको गोप्य सुचना दिएको आफुहरु सक्रिय भई काम गरेको बताउनु भयो । पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दासले खरेल मात्र नभई आयोजक पनि सम्मानित भएको बताउनु भयो । उहाँले प्रहरी उपरीक्षक खरेल जान लागेको हुदा २/३ दिन देखी पर्साका जनताहरु माथि त्रास छाएको बताउनु भयो । प्रहरी संगठनमा भ्रष्टाचार भएको कुरालाई बिद्रोह गरी जनताको पक्षमा काम गर्न महान ब्यक्ति खरेल नै रहेको बताउदै अब आउने नयाँ एसपी बाट राम्रो काम गर्न नसकेमा पर्सामा ठुलो अशान्ति हुने बताउनु भयो । राष्ट्रिय सरोकार मंचका अंचल संयोजक नन्दकिशोर गोयलले प्रहरी प्रशासनलाई इमान्दार बनाउन हामी स्वयम इमान्दार बन्न जरुरी रहेको भन्दै प्रहरी उपरीक्षक खरेललाई दोसल्ला ओढाउनु भएको थियो भने पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दासले माल्यार्पण गर्नु भएको थियो । त्यसैगरी क्रियाशील युवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमारले ढाका टोपी लगाउनु भएको थियो भने बुद्धिजिवी डा.दिपक शाक्यले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो । राष्ट्रिय सरोकार मंचका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा आम संचार मंच फोमन जिल्ला अध्यक्ष महेशचन्द्र गौतम, रिपोटर्स क्लव पर्साका अध्यक्ष कन्हैया गुप्ता, नेपाल बिद्धवत परिसद केन्द्रिय सदस्य नरेशराज गिरी, पत्रकार महासंघ पर्साका उपाध्यक्ष धु्रव साह, भोजपुरी साहित्य प्रतिष्ठनका अध्यक्ष मास्टर तारा सिंह लगायतले मन्तब्य दिनु भएको थियो । त्यसैगरी नागरिक अभिनन्दन मुल समारोह समिती, ब्रह्माकुमारी राज योग सेवा केन्द्र, जिल्ला बाल कल्याण गृह, बीरगंज उधोग वाणिज्य संघ, नेपाल चिकित्सक संघ नारायणी, कर्मचारी मिलन केन्द्र, स्नेही नेपाली लगायतका संघ संस्थाहरुले प्रहरी उपरीक्षक खरेलको सम्मान तथा बिदाई गर्दै पुन: नारायणी अंचल मै आउन आग्रह गरेका थिए ।

No comments:

Post a Comment