बीरगंज ३० चैत्र/ बाराको लिपनीमाल गाविसस्थित परवानीपुर बजारमा अवस्थित भोजभगत उच्च माद्यमीक विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादलाई राजनीतिक रंग दिन खोजिएकोमा स्थानीयबासिन्दाले खबरदारी गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद गुप्ताको घरमा बुधबार दिउासो भएको आक्रमण र तोडफोडको विरोध गर्दै गुप्ताका समर्थकसहितको स्थानीयबासिन्दाहरुले आज बिहान चार घण्टा परवानीपुर बजार बन्द गराएर खबरदारी गरेका हुन् । उनीहरुले बुधबार सााझ मशाल जुलुस समेत प्रदर्शन गरेका थिए । भोजभगत उच्च माद्यमीक विद्यालयको प्राथमिक तहमा राहत कोटामा व्यवस्थापन समितिका सदस्य किशान यादवका छोरा अखिलेश यादवलाई नियुक्त गरिएपछि शिक्षक पदका अर्का उम्मेदवार रामजी यादवले विरोध जनाउादै आउनुभएको छ । रामजी यादवका आफन्तजन र समर्थकहरुले बुधबार जुलुस र नाराबाजी गर्दै व्यवस्थापन समितिका अध्यक्ष विनोद गुप्ताको घर बाहिर पुगेपछि एक्कासी उनीहरुमाथि आक्रमण भएको थियो । आक्रमणमा घुसपैठ भएको र विनोद गुप्ताको घरमा लुटपाट र तोडफोड गरिएको आरोप लगाउादै गुप्ताका समर्थकले आज बजार बन्द गराएका हुन् । बन्द खुल्नु अघि परवानीपुर बजारमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै रामबाबु सर्राफले विद्यालयको विषयलाई लिएर राजनीति नगर्न चेतावनी दिनुभयो ।उहााले विद्यालय सञ्चालनमा ल्याएर वार्ताका माध्यमबाट समस्या समाधान गर्न समेत सम्बन्धित पक्षसाग आग्रह गर्नुभएको छ । बुधबार सााझ गाउाले बीच भएको झडपमा लाठ्ठी चार्ज भएपनि गोली नचलेको भएपनि साम्प्रदायीकता फैलाउन खोज्ने तत्वले झूठो अपवाह फैलाएको उनीहरुले बताएका छन् । प्राथमिक तहमा राहत कोटामा विद्यालयका क्लर्क अखिलेश यादवलाई नियुक्त गरिएको सूचना चैत ७ गते प्रकाशन गरिएपछि विवाद शुरु भएको हो । शिक्षक नियुक्तिमा आफूलाई बदनियतपूर्वकअसफल बनाइएको भन्दै अर्का उम्मेदवार रामजी यादवले विरोध गर्दै आउनुभएको छ । शिक्षक नियुक्तिका लागी छनौट भएलगत्तै विद्यालयका प्रधानाध्यापक रामअयोध्या साहले चैत २९ गतेदेखि विद्यालय खुल्ने जानकारी गराएपनि अझैसम्म विद्यालय सञ्चालन हुन सकेको छैन । विद्यालय नखुल्दा स्थानीय अभिभावक र छात्रछात्राहरु आक्रोशित बनेका छन् ।

No comments:
Post a Comment