Pages

भेला देखी कृषि मेला शुरु

बीरगंज ३० चैत्र /  रिचवे कृषी सहकारी संस्थाले पर्साको महुवन गाविसमा भोलि देखि आयोजन गर्न लागेको ९ दिने कृषी प्रदर्शन तथा पर्यटन मेलालाई सफल बनाउनका लागि गठन गरिएको विभिन्न समितिहरु संग योजना तर्जुमा गरिएको छ ।
सो गाविसमा आज भएको समितिको बैठकले गाउका युवा, समाज सेवक, मेला व्यवस्थापन समिति, सुरक्षा समितिले मेलालाई राम्रो तरिकाले संचालन गर्ने योजना तर्जमा गरिएको छ । योजना तर्जुमा मेलाका प्रमुख अतिथी स्थानिय विकास राज्य मन्त्री घनश्याम यादवलाई प्रमुख अतिथी राखिने मेलाका अध्यक्ष श्यामबाबु पटेलले जानकारी गराउनु भयो । मेलालाई शान्त वातारणमा सफल बनाउनका लागि १ सय ५० सदस्यीय सुरक्षा व्यवस्था मिलाएको सस्थाका अध्यक्ष नरेश जैसवालले बताउनु भयो ।

No comments:

Post a Comment