![]() |
| चिकित्सक संघले प्रहरी उपरीक्षक रमेश खरेललाई सम्मान सहित विदाई गर्दै । |
बीरगंज ३० चैत्र / वरिष्ठ प्रहरी उपरिक्षक पदमा बढुवा भई सरुवा भएका पर्साका प्रहरी उपरिक्षक रमेश खरेललाई आज पनि विभिन्न संघ सस्थाले सम्मान सहित विदाई कार्यक्रम गरेका छन ।
नेपाल चिकित्सक संघ नारायणी अंचल शाखा वीरगंज र उद्योग वाणिज्य संघले पनि छुटाछुटै कार्यक्रम गरी उपरिक्षक खरेललाई सम्मान सहित विदाई गरेका हुन । नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल हलमा आयोजित समारोहमा संघका केन्द्रिय अध्यक्ष डा. किरण श्रेष्ठले उपरिक्षक खरेललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । समारोहमा डा विके झा, डा पन्नालाल पटेल, डा रविन्द्र पं्रसाद सिंह लगायतका चिकित्सकहरुलाई उपरिक्षक खरेललाई फुलमाला लगाई सम्मान गरेका थिए । कार्यक्रममा उपरिक्षक खरेलले आफू गएपनि पर्सा प्रहरी पर्सेली जनताको सुरक्षामा कुनै कसर बाकी नराख्ने बताउनु भयो । उहाले शान्ति सुरक्षा बहाली गर्नका लागि समाजमा देखिएका विकृती विसंगती, अपराधीक घटना जस्ता तत्वहरुलाई प्रहरी प्रंशासनलाई सुचना दिई सहयोग गर्नका लागि आग्रह समेत गर्नुभयो । कार्यक्रममा चिकित्सकहरुले उपरिक्षक खरेलले शान्ति सुरक्षामा पुर्याउनु भएको योगदानको बारेमा चर्चा समेत गरिएको थियो । कार्यक्रमको सभापतीत्वमा चिकित्सक संघका केन्दिंय अध्यक्ष डा किरण श्रेष्ठले गर्नुभएको थियो भन्ने कार्यक्रममा उपस्थित अतिथिहरुलाई डा श्याम सुन्दर दासले स्वागत गर्नुभएको थियो । यसैगरी वीरगंज उद्योग वाणिज्य संघले पनि बरिष्ठ प्रहरी उपरिक्षक खरेललाई सम्मान गरेका छन । संघको सभाहलमा आयोजित समारोहमा संघका पदाधिकारीहरुले उपरिक्षक खरेललाई दोसल्ला ओढाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएका थिए ।

No comments:
Post a Comment