Pages

बालबालीकालाई फलफुल बितरण

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक रमेश खरेल ।










 वीरगंज ३० चैत्र /  स्नेही नेपाल समाजिक सस्था वीरगंजले आज जिल्ला बाल कल्याण गृहमा विर्तामा रहेका अनाथ बालबालिकाहरुलाई फलफुल वितरण तथा वरिष्ठ प्रहरी उपरिक्षक रमेख खरेललाई सम्मान सहित विदाई गरिएको छ ।
सस्थाका कार्यक्रम संयोजक कमल चौलागाईको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईराला, वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेल, महिला विकास अधिकृत उर्वरा लुईटेल, कार्यक्रम संचालक एव व्यवस्थापक दिलिपराज कार्की लगायतका गृहमा रहेका २७ जना अनाथ बालबालिकाहरुलाई फलफुल वितरण गर्नुभएको छ । फलफुल वितरण पश्चात वरिष्ठ प्रहरी उपरिक्षक खरेललाई फुलमाला लगाई विदाई समेत गरिएको छ । कार्यक्रममा बक्ताहरुले नया वर्षको शुभकामना अदान प्रदान गर्दै नया बर्ष शान्ति पूर्वक सम्पन्न होस भन्ने भागवान शंक कामना समेत गरेका थिए ।

No comments:

Post a Comment