Pages

रेडियो सिमराको क्षमता बिस्तार

बीरगंज ३० चैत्र/  हाम्रो समाज जागरण अभियानद्धारा संचालित रेडियो सिमराले नया बर्षदेखी आफ्नो प्रसारण क्षमता बिस्तार गरेको छ ।
जिल्लाकै पहिलो सामुदायिक रेडियो रहेको रेडियो सिमराले आफनो् प्रसारण क्षमता १०० वाटबाट ५ सय वाट बिस्तार गरेको हो । बिस्तारित क्षमतामा रेडियो आज बैशाख १ गतेबाट संचालनमा आउने भएको छ । क्षमता बिस्तार संगै रेडियो सिमराको फ्रिक्वेन्सी समेत परिवर्तन भएको छ । १०६ मेगाहर्जमा सुनिदै आएको रेडियो सिमरा अब ९१.२ मेघाहर्जमा सुन्न सकिने रेडियोका कार्यकारी निर्देशक अच्युत पौडेलले जानकारी दिए ।

No comments:

Post a Comment