वीरगंज २५ चैत्र/ १८९ औ प्रभात काव्य यात्रा आज बिहान एक समारोहका बीच बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको गहवामाई मन्दिर अगाडी रहेको चौतारामा आयोजित काब्य यात्रामा कबि कबियत्रीहरुले आ–आफ्नो लेख, रचना, कबिता, गीत, गजल, श्रृजना वाचन गरेका थिए । कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहम्चार्यले नयाँ पिढिहरुले पनि साहितीक क्षेत्रमा लागेको खण्डमा लामो समय सम्म काब्य यात्रा बाँची रहने र साहित्य जगतको बिकाश हुने कुरा ब्यक्त गर्नु भयो । उहाँले राज्यले साहित्य र साहित्यकारहरुलाई उचित सम्मान र स्थान दिने कुरा ब्यक्त गर्नु भयो । राष्ट्रिय सरोकार मंचका नारायणी अंचल संयोजक नन्दकिशोर गोयलले पत्रकार यादव पौडेलको हत्याको बिरोध गर्दै सरकारले अबिलम्ब हत्यारालाई कानुनको दायरामा ल्याई कडा कवाहीको माग गर्दै सम्पुर्ण पत्रकारहरुको सुरक्षा समेत माग गर्नु भएको छ । उहाँले मन्दिर अगाडी रहेको चौतारालाई साहित्यकार चौतारी बनाउने बताउनु भयो । काब्य यात्राका संयोजक अरुण बिक्रम शाहको संयोजकत्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथी मुना नामक एल्बम कि गाईका तथा साहित्यकार यमुना प्रधानाङले साहित्य र साहित्यकारको बारेमा चर्चा गर्नु भएको थियो । काब्य यात्रामा सशस्त्र प्रहरी उपरीक्षकका श्रीमती तृनेत्र कुमारी ब्रहम्चार्य, फडिन्द्र अधिकारी, प्रणय कुमार, मोती उर रहमान, मास्टर तारा सिंह, डा. शशि भुषण बर्णवाल, उमेश गुप्ता, अच्युत प्रधानाङ, शिव मंगल पंडित, अनु राणा लगायतकाले नयाँ बर्ष २०६९ सालको शुभकामना दिदै आफुले सकेसम्म साहितीक जगतलाई मिलेर अगाडी बढाउनु पर्ने कुरा बताएका थिए । कार्यक्रमको संचालन कबि भुपेन्द्र कुश्वाहाले गर्नु भएको थियो । पर्सेली कबि तथा साहित्यप्रेमीहरुले हरेक महिनाको अन्तिम शनिबार सम्पन्न गर्दै आएको छ ।
No comments:
Post a Comment