Pages

रमेश खरेल द्वारा मन्दिर उदघाटन

वीरगंज २६ चैत्र/ पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले समाजमा रहेका अपराध, अपराधी र तस्करलाई आफुले कुनैपनि हालतमा छुटन नदिने बताउनु भएको छ ।
पर्साको लहावरथकरी गाविसको प्रहरी चौकी खेश्राहा परिसरमा स्थापित नवनिर्मित दुर्गा मन्दिरको उदघाटन गर्दै पहरी उपरीक्षक खरेलले सिमा क्षेत्रमा हुने गरेको अपराध, अपराधी तस्करीलाई भारतीय सिमा प्रहरी तथा जनताको सहयोगले पुर्ण रुपमा नियन्त्रण गरेको बताउनु भयो । उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक खरेलले आफु पर्सा जिल्लामा रहेसम्म शान्ति, अमन चयनको लागि द्रिद्ध रहेको बताउदै समाजमा रहेका अपराधी, तस्कर तथा दलाल संग कुनै पनि हालतमा सम्झौता गर्न नसकिने प्रतिबद्धता ब्यतm गर्नुभयो । वहाँले त्यस्ता कुनै सुचना भए आफुलाई जानकारी दिन समेत आग्रह गर्नुभयो । नेपालमै प्रसिद्ध रहेको अबैद्ध लागु औषध गाँजा खेती पुर्ण रुपमा नियन्त्रण गरेको दाबी गर्दै बैज्ञानिक तरीकाले खेती गर्न सुझाव दिनुभयो । गाविस लहावर थकरीको आर्थिक सहयोगमा निर्मित मन्दिरको उदघाटन कार्यक्रममा गाविस सचिव रामबहादुर साह, शिक्षक गाया साह लगायतका ब्यतिmहरुले गाविसको सुरक्षा अवस्थाको बारेमा आफ्नो राख्नु भएको थियो ।

No comments:

Post a Comment