Pages

क्लव द्वारा रक्तदान


बीरगंज २५ चैत्र/  नव गठित न्यु जेनरेसन क्लव नामक संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
पुर्व मन्त्री एवम नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र प्रसाद चौधरीले रक्तदातालाई जुस खुवाई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । पर्सारक्तदान गर्नेहरुमा बिजय चौधरी, नवल किशोर प्रसाद, अशोक चौधरी, गोपाल महतो, अरुण कुमार थारु, सुरेश प्रसाद चौधरी, नन्द किशोर पंडित, राज बन्धु महतो लगायत रहेका छन । क्लवका अध्यक्ष प्रशान्त गौरोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नयाँ संसथा गठन गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष गौरोले बताउनु भयो । ११ कार्य समितीमा गठन गरिएको क्लवमा अगामी दिनमा ४५ कार्य समिती बनाइने अध्यक्षले बताउनु भयो ।

No comments:

Post a Comment